एन आर एन केन्द्रिय उपाध्यक्ष पदमा नेदरल्याण्डस निवासी शशिकान्त पौड्यालको उमेद्दवारी घोषणा

नयाँ कुरा ,२ अक्टुबर ,सोमबार ,आमस्ट्रडम,

गैर आवासिय नेपाली संघको ११ औ महाधिबेशनका नेदरल्याण्डस निवासी शशिकान्त पौड्यालले सामाजिक सनजाल फेसबुक मार्फत आईतबार उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन ।

नेपालको स्याङ्जामा जन्मिएर बिगत लामो समय देखि नेदरल्याण्ड्सलाई कर्मथलो बनाइ एन आर एन ए नेदरल्याण्डसको सस्थापक अध्यक्ष , नेपाल समाज नेदरल्याण्ड्स, नेपाल बिकास प्रतिष्ठान, गैर आवासिय नेपाली संघ र नेपाली जनसम्पर्क समिती नेदरल्याण्ड्सको स्थापनाकाल देखी बिशेस भूमिका निर्वाह गर्दै आएका लोकतन्त्रमा आस्थावान नीति तथा ब्यवस्थापन विज्ञ शशी कान्त पौड्यालले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् |

गैर आवासीय नेपाली संघको स्थापनाकाल देखि नै विभिन्न भूमिकामा रहेर निरन्तर संघको अभियानमा लागिपरेका पौडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष देखि केन्द्रीय सल्लाहकार तथा विभिन्न कार्यदलमा रहेर सफलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् |

संघको एक्यवद्धता, पारदर्शिता र परिपक्वतामा समर्पण गर्दै सुशासित र दिगो संस्थागत रुपान्तरणको लागि र संघले दुई दशक पार गर्दै गर्दा पनि धेरै चुनौतिहरु सामना गर्नुपर्ने अवस्था तपाई हाम्रो सामु देखापरेकाले त्यसको निराकरण र समाधानका लागि विश्वभर रहनुभएका गैर आवासीय नेपालीहरुको मर्म र भावनालाई आत्मसाथ गर्दै संघको परिणाममुखी र गरिमामय नेतृत्व बिकासमा योगदान पुर्याउन सक्छु र आफ्नो प्रतिवद्धता रहेकोले आउने बर्ष २०२३-२५ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी धोषणा गरेको पौडेलले बताएका छन |

पौडेल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत विदेशमा बस्ने नेपालीहरुको हित र संरक्षण बिषयगत समितिको विज्ञ मा नियुक्त भएका थिए |

नेपाली समाज नेदरल्याण्ड्सका अविभावक साथै वरीष्ट समाजसेवी पौड्याल २००६ देखि २०१८ साल सम्म नेपाल सरकार (नेपाल पर्यटन बोर्ड) नेदरल्याण्डसको लागि अवैतानिक पर्यटन दुत भई नेपाल र नेदरल्याण्डस बिच सामाजिक सस्कृतिक तथा शिक्षा स्वास्थ्य क्षेत्रमा भुप्रै सामाजिक काम गरी दुई देख बिच समबन्ध बिस्तारमा ठुलो भूमिका खेली सकेका छन ।

नेपालको शिक्षा, स्वास्थ र आपतकालिन राहतको क्षेत्रमा नेदरल्याण्ड्स सरकार तथा संघसंस्थाहरु सँग सहकार्य गर्दै परोपकारी कार्यहरु निरन्तर गर्दै आईरहेका छन ।

एन आर एन केन्द्रिय उपाध्यक्ष पदमा नेदरल्याण्डस निवासी शशिकान्त पौड्यालको उमेद्दवारी घोषणाले एकताको महाधिबेशनका लागि सहयोग पुग्ने बुझिएको छ ।

Please follow and like us: