चिन्तामणी सापकोटाको पुन युरोप समयोजकमा उम्मेद्दवारी घोषणा

नयाँ कुरा ,शनिबार ,३० सेपटेमबर,आमस्ट्रडम,

गैर आवासिय नेपाली संघको ११ औ महाधिबेशनका लागि युरोप समयोजकमा चिन्तामणी सापकोटाले उम्मेदवारी घोषणा गर्ने तयारी भएको छ ।

सापकोटाले सामाजिक सन्जाल फेसबुकमा शुभचिन्तकहरुको सल्लाहानुसार पुन युरोप समयोजक दोहोर्याउने सन्केत गरेका छन । २०२१-२०२३ कार्यकालमा १०औ महाधिबेशनका बाछिटाका बाबजुत पनि दुई -दुई पटक युरोप सममेलन तथा पोर्तुगल ,स्पैन ,माल्टा ,पोल्याण्ड लागायतका देशहरुमा अझै नेपालीहरुको अस्थायी बसाईका समस्यारहेकाले टिमको सुझाबनुसार पुन युरोप समयोजकमा आफुले लामो समय देखी सुरुवात गरेका कामहरु लाई पूर्ण गर्नका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

सापकोटा नेपाली जनसमपर्क समिती स्पेनका पूर्व अध्यक्ष ,एन आर एन स्पेनका सस्थापक सदस्य ,एन सि सि स्पेनका पूर्व अध्यक्ष ,आई सिसी सदस्य तथा बर्तमान युरोप समयोजक भई स्पेन तथा युरोपका नेपालीहरुका समस्याहरु समाधानका परिचित एक सामाजिक अभियान्ताका नामले चिनिन्छन ।

सापकोटा कुटनितिक रुपमा गहन भएर सरकार तथा स्थानिय समुदाय सँग मिलेर धेरै काम गरी सकेको अनुभबले पनि अझै धेरै सामाजिक कामहरु समपन्न गर्नका लागि शुभचिन्तकहरुको सुझाब समर्थन प्रचार प्रसारका टिम सहित छिट्टै अधिकारिक घोषणा हुने बुझिएको छ ।

गैर आवासिय नेपाली संघको ११ औ महाधिबेशन १७ -१९ अक्टुबरमा राजाधानीमा हुँदै छ ।

 

Please follow and like us: