एनआरएन द सिङगर’ को उत्कृष्ट १२ मा पर्नका लागि भोटिङ खुला

नयाँ कुरा ,शनिबार ,३० सेपटेमबर ,काठमाडौं,

रियालिटी शो  ‘एनआरएन द सिङगर’ को लागि भोटिङ खुला भएको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ सुरु भएको प्रतियोगितामा गत सेप्टेम्बर ९ देखि २२ सम्म भिडियो पठाएर अडिसन गरिएको थियो । प्राप्त अडियोबाट छनोट गरिएका उत्कृष्ट ४० कलाकारका प्रस्तुतिहरु  स्पेस फोरके टेलिभिजनबाट प्रसारण भइसकेका  छन् ।

पहिलो सिजनमा विश्वभरबाट १३ दिनको अवधिमा ३७ देशबाट ३१२ प्रतिस्पर्धीले भिडियो अडिसन दिएको र प्रशारण योग्यबाट उत्कृष्ट ४० जना छनोट गरिएको थियो । टेलिभिजनबाट प्रशारण भएको सोही भिडियोबाट उत्कृष्ट २० मा जजहरुले नै छनोट गरेका हुन् ।

अडिसनका बेला प्राप्त भएका उत्कृष्ट ४० मध्येबाट जजहरुले २० जनाको भिडियो छनोट गरेका थिए । सोही २० जनाबीच फेरि प्रतिस्पर्धा गरेर १५ जना छनोट गरिएको छ । अबको एपिसोडमा उत्कृष्ट १५ को प्रदर्शनपछि उत्कृष्ट १२ छनोट हुने छन् ।

अहिले उत्कृष्ट १५ मा लोकेन्द्र दूधराज, एरिक लिम्बु सम्बाहाम्फे, युक्ति विमली, शिशिर थापा, केदार कार्की, राधिका पोखरेल, कृष्ण खवास, प्रदीप कोयू राई, विष्णु क्षेत्री र कर्मा दोङ तामाङ रहेका छन् । यस्तै गुण मगर निशु, भीम शेर्मा लिम्बू, सुवासचन्द्र पुनमगर, लाक्पा डेन्डी शेर्पा र भेषबहादुर गुरुङ रहेका छन् ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रममा अब उत्कृष्ट १५ बाट १२ जना छनोटका लागि भोटिङ खुला गरि

एको छ । त्यसका लागि खल्ति एपसँग सहकार्य गरिएको युनिटेकका कार्यक्रम उत्पादक सुरज राइले जानकारी दिए ।
भोटिङका लागि अक्टोबर १ अपरान्ह ५ बजेसम्मको लागि समय दिइएको छ ।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट रहेका छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएका छन् ।

१५ जनाबाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।
उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भनेउत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ ।  ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ । तर, ग्रान्ड फिनालेमा ५ जनाबीच  प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।

उपाधि जित्नले नगदरु  ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने कार्यक्रमका उप संयोजक प्रवीण गुरुङले जानकारी दिए ।

अक्टोबर १ मा उत्कृष्ट १५ को प्रस्तुति स्पेस फोर के टेलिभिजनमा नेपालको समय अनुसार राति १० बजे प्रसारण हुने छ ।  अक्टोबर ५ मा उत्कृष्ट १२ को प्रस्तुति प्रसारण पछि अक्टोबर ९ मा सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट ५ जनाको छनोट गरिने छ । फिनाले अक्टोबर १५ मा काठमाडौंमा आयोजना गरिने छ ।

खल्ती एपबाट कसरी भोट गर्ने ?

सुरुमा खल्ति एप ओपन गर्ने, त्यसपछि इन्टरटेनमेन्ट सेक्सनमा जाने । अनि एनआरएन द सिंगर देखिने छ । त्यसपछि तपाईंलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सक्नुहुने छ ।

Please follow and like us: