नेपाली ब्यबसायी संघ नेवा बेनेलक्सको पहिलो बैठक आमस्ट्रडममा समपन्न

 

 

नयाँ कुरा ,२५ सेपटेमबर ,सोमबार ,आमस्ट्रडम
नेपाली व्यबसायी सँघ- नेवा बेनेलक्सले नेदरल्याण्डस ,बेल्जियम,लग्जमबर्गका नेपाली ब्यबसायिहरुको पहिलो संयुक्त बैठक २५ सेपटेमबर सोमबारका दिन नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा समपन्न भएको छ ।

बैठक बेनेलक्स नेपाली ब्यबसायी संघका प्रमुख संरक्षक तथा बेनेलक्सका लागि नेपाली राजदुत ज्ञहेन्द्र राजभण्डारीको प्रमुख अतिथिमा ,नेपाली व्यबसायी सँघ बेनेलक्स(NEBA-BENELUX) का संयोजक यामु निरौलाको अध्यक्षतमा बसेको थियो ।

नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा बेल्जियम ,लग्जमबर्ग र नेदरल्याण्डसका ब्यबसयीहरुको बाक्लो उपस्थिती रहेको थियो । बेनेलक्स नेपाली ब्यबसायी संघका सह-संयोजक अमिर देबकोटा स्वागत मन्तब्य तथा बैठकको सहजिकरण संघका सदस्य सचिब मदन दवाडी गर्नु भएको थियो ।

प्रमुख संरक्षक बेनेलक्स लागि नेपाली राजदुत ज्ञहेन्द्र राजभण्डारीले बिदेशमा आएर नेपाली ब्यबसायिहरुले ज्ञान सिप र पुजीको लगानी बाट गरेको प्रगतिको प्रशम्स्शा गर्दै सघको हरेक काममा कुटनैतिक नियोग र व्यबसायी सँघ वेनेलक्स वीच सरकारी कामका लागि समन्वयकारी भूमिकाका बारे उच्च स्थरिय भेट घाटमा पनि कुराकानी गरेको अनुभब बारेमा लामो छलफल भएको छ ।

लामो समय पछी बसेको नेपाली ब्यबसायी संघ बेनेलक्सको संयुक्त बैठकमा संघका संयोजक यामु निरौलाले सँघको तदर्थ समिति गठन पश्चात गरिएको गतिबिधिको बारेमा जानकारी गराउनु भयो । सदस्य सचिब मदन दबाडीले सँघको प्रशासनिक कामका लागी प्रयोग हुने इमेल, सामाजिक सन्जाल फेसबुकपेज,वेबपेज निर्माण प्रगतिको विवरण प्रस्तुत गर्नु भएको थियो ।

व्यबसायी सँघ बेल्जियमका अध्यक्ष श्री चिरन कुमार खवासले बेल्जियमको गतिबिधिको बारेमा, व्यबसायी सँघ लग्जम्बर्गका अध्यक्ष हरी खत्रीले लग्जम्बर्गका नेपाली ब्यबसायिहरुका गतिबिधीका बारेमा ,नेदरल्याण्डसका अध्यक्ष अमिर देबकोटाले नेदरल्याण्डसका ब्यबसायीहरुका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकमा संघका सल्लाकार सशी पौड्याल , एनआरएनए आइसिसि नारायण आचार्य, एनआरएन नेदरल्याण्डका अध्यक्ष थानेस्वर कंडेलले आ-आफ्ना भनाई राख्नु भएको थियो ।

बैठकको छलफल बाट नेदरल्याण्डस बाट सशी पौड्याल, लगजम्बर्गबाट हरि खत्री र बेल्जियमबाट मदन दबाडीलाई बिधान निर्माणका लागि समिती निर्माण पनि गरेको छ ।

संघले कानुनी रुपमा सँघको दर्ता बेल्जियममा गर्ने निर्णय पनि गरेको छ ।बैठकमा सँघको बिधान निर्माण गरी केहि महिना भित्रमा ३ देशको व्यबसायी हरुको भेला आयोजना गरी संघको साझा कार्य योजना बनाउने सहमती भएको छ ।बिधान निर्माण ,संघ दर्ताका कामहरु तथा संघका अन्य कामहरु सुचारु गर्नका लागि बर्तमान तदर्थ समितिको कार्य अबधि २५,सेप्टेम्बर, २०२४ सम्मको लागि थप गरिएको छ ।

 

यामु निरौला- संयोजक, अमिर देव्कोटा- सह-संयोजक, मदन दबाडी- सदस्य चिरन कुमार खवास- पदेन सदस्य , अध्यक्ष-व्यबसायी सँघ बेल्जियम, हरि खत्री- सदस्य – अध्यक्ष- व्यबसायी सँघ लग्जमबर्ग, हिमाल गुरुङ सदस्य, मनोहरी शर्माः सदस्य , सुमन काफ्ले- सदस्य ,
सशी पौड्याल- सल्लाहकार र प्रमुख समरक्षक गहेन्द्र राजभण्डारी- बेनेलक्सका लागि नेपाली राजदुतलाई बैठकले बर्तमान तदर्थ समिती नबिकरण गरिएको छ ।

बैठकमा नारायण आचार्यः व्यबसायी तथा उपाध्यक्ष एनआरएनए आइसिसि, हिमाल गुरुङ व्यबसायी तथा युबा उपाध्यक्ष एनआरएनए आइसिसि, मनोहरी शर्मा व्यबसायी नेदरल्याण्डस,मिम पुर्जा- व्यबसायी तथा आइसिसि सदश्य-एनआरएनए,थानेस्वर कँडेल- व्यबसायी तथा अध्यक्ष- एनआरएनए नेदरल्याण्डस ,धर्म कार्की महासचिब ब्यबसायी संघ नेदरल्याण्डस , बेदराम कँडेल- सल्लाहकार-व्यबसायी सँघ नेदरल्याण्डस ,श्री पाण्डे सल्लाहकार-व्यबसायी सँघ नेदरल्याण्डस, काशि दनै- उपाध्यक्ष व्यबसायी सँघ बेल्जियम, जगदिश सापकोटा- महासचिबः व्यबसायी सँघ बेल्जियम, बाबु राम शर्मा- सचिब- व्यबसायी सँघ बेल्जियम, हिमाल सापकोटा- सचिव- व्यबसायी सँघ लग्जमबर्ग, लभ गौतम- व्यबसायी बेलायत , प्रकाश श्रेष्ठ- व्यबसायी बेलायत, संघर्शशिल के सि ब्यबसायी ,डिल्ली कंडेल ब्यबसायी ,सुनिता बुडाथोकी ,कल्पना कुवर लगाएत बेल्जियम, लग्जमबर्ग र नेदरल्याण्डसका ब्यबसायिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Please follow and like us: