तामाङ समाज नेदरल्याण्डसको दोस्रो महाधिबेशन बाट खेम तामाङको नेतृत्वमा पूर्ण कार्यसमिती सर्ब-सहमत

नयाँ कुरा ,शुक्रबार ,२२ सेपटेमबर ,आमस्ट्रडम,

 

तामाङ समाज नेदरल्याण्डसको  दोस्रो महाअधिवेशन  १५ सेपटेमबर शुक्रबारका दिन आमस्ट्रडम सहरमा खेम तामाङको ,नेतृत्वमा  सर्बसहमत सम्पन्न भएको छ ।

समाजको महाधिबेशनमा समाजको उद्देस्य निती नियम तथा समाजले गरेका सामाजिक कामहरुको ब्यापक छलफल तथा आगामी कार्ययोजनाका लागि सुझाब सन्कलन गरिएको छ ।

हरेक दुई बर्षमा ,नेतृत्व परिवर्तन गरी कामको बाडफाडले सामाजिक कामका लागि पुस्ता – हस्तान्तरण तथा बिदेशमा हुर्कदै गरेका युबा युबतिहरुलाई आफ्नो धर्म ,कला ,सस्कृति, भाषाको निरन्तरता रहने विश्वाश नि बर्तमान अध्यक्ष राम कुमार तामाङले बताउनु भयो ।

अधिबेशनमा लामो समय देखी नेदरल्याण्डसका बिभिन्न क्षेत्रहरुमा बसोवास गर्ने तामाङ आमा बुवा दिदी बहिनी तथा साना -साना बालबालिकाहरु बिच ब्यापक छलफल गरी ,नेतृत्व तयारी गरेको निर्वाचन समयोजक रण लामाले जनाउनु भयो ।

एन आर एन ए नेदरल्याण्डसका उपाध्यक्ष तथा तामाङ समाज नेदरल्याण्डसका सस्थापक अध्यक्ष पेमा लामाले सस्थाको गतिबिधीहरु स्थानिय समुदायमा अझै बिस्तार गर्नु पर्ने भन्दै समाजको उतरोउत्तर प्रगतिको कामना गरेका छन ।

नेदरल्याण्डसमा रहेका नेपाली संघ सस्थाहरुले गरेका सामाजिक ,सस्कृतिक तथा पर्यटन बिस्तारका कार्यक्रमहरुमा सकृय सहभागीता जनाउदै आईरहेको र आगामी कार्यसमितीलाई पनि बिभिन्न संघ सस्थाहरु सँग सहकार्य गर्दै समाजका गतिबिधी गर्ने विश्वाश गर्दै स्वागत तथा धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

 

निर्वाचन समिती समयोजक रण लामाले सर्ब सहमत कार्यसमितीहरुको नाम प्रस्तुत गर्नु भएको थियो । समाजको दोस्रो महाअधिवेशन २०२३-२०२५ दुई बर्षको कार्यकालका लागि खेम तामाङको अध्यक्षतामा उपाध्यक्ष चन्द्र तामाङ,महासचिव श्रीजना तामाङ,सचिव लोकेन गोङगो तामाङ,कोषाध्यक्ष लिला लामा,सहकोषाध्यक्ष सुनिशा ब्लोन,सदस्यहरु शुक्रबहादुर तामाङ,पासाङ ग्याबा तामाङ निर्विरोध निर्वाचित भएका छन ।

समाजले आगामी शुक्रबार बृहत रुपमा बरबुझारथ तथा पदस्थापना कार्यक्रमको तयारी गरेको छ ।

Please follow and like us: