एन आर एन ए नेदरल्याण्डसले खडका ,रोस्यारा र लिम्बु सँग अन्तर्कृया समपन्न

 

नयाँ कुरा ,२८ सेपटेमबर, बिहीवार ,आमस्ट्रडम

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले सोमबार आमस्ट्रडम शहरमा एन आर एन ए ११ औ महाधिबेशन यूरोप समयोजकका प्रत्यासी,डा चिरन्जिबी खड्का,केन्द्रिय सचिब पदका प्रत्यासी डा. नबराज रोस्यारा , यूरोप उपसमयोजक पदका प्रत्यासी रोबोट लिम्बुको बिशेष उपस्थितीमा सोमबार अन्तर्कृया कार्यक्रम भएको हो ।


एन आर एन ए अभियानका अभियानता डा. चिरन्जिबी खडका गैरआवाशिय नेपाली अभियानको शुरूआति काल देखिनै बिभिन्न पदमा सक्रिय अभियानताका रुपमा चिनिन्छन । एनसीसी चेक रिपब्लिकको दुई पटक अध्यक्ष र आईसीसी सदस्य भएर काम गरीसकेको अनुभबी भियन्ता हुन । आईसीसी मिडिया तथा प्रकाशन समिति को सदस्य सचिव, क्षेत्रीय सम्मेलन आयोजक स्टेरिङ कमिटिको सदस्य सचिव र विँभिन्न कार्यदलको सदस्य भई धेरै गरिसकेकको बताएका छन । ।

डा. चिरन्जिबी खडका पेशाले वैज्ञानिक पदमा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिक तथा राष्ट्रिय अन्तराष्ट्रिय निकायमा कन्सलटेन्ट रुपमा कार्य गरिरहेका छन ।

गैरआवाशिय नेपाली संघ जस्तो संस्थाको संरचनागत र संस्थागत विकासका बिषयहरूमा बिभिन्न देशका एन आर एन एका अभियानताहरु सँग समेत काम गरेको अनुभबी भियन्ता हुन ।

संस्थालाई कसरी आत्मनिर्भर, प्रभावकारी, ब्यबहारीक र अझ बृहद बनाउन यो सस्थाको युरोप समयोजक पदका लागि सहयोगका लागि अपिल गरेका छन ।

यूरोप क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रीय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्र प्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत ब्यवस्थापन गर्ने, राष्ट्रीय समन्वय परि षदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रीय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरू गर्नु पर्ने भएकाले नेदरल्याण्डसका महाधिबेशन प्रतिनिधिहरुको मतको आशा भरोशा विश्वास सहित आगामी कार्यकाल २३-२५ को यूरोप क्षेत्रिय समयोजक पदमा सहयोगको अपिल गर्नु भयो ।

 

 

 

 

 

 

रोबोट लिम्बु बिधाबरिधीमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेको छन । यसकारण विश्वभरी छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्न नेतृत्वमा योग्यता, विज्ञता सहितको क्षमता भएको मान्छेहरूको आवश्यक रहेको बताउछन । लिम्बूले यसअघि गैरआवासीय नेपाली संघको विभिन्न पदमा बसेर काम गरेको अनुभव संगालिसकेका छन्।

हाल एनआरएनए पोर्चुगलको सदस्य तथा सल्लाहकार संरक्षक समेत रहेका लिम्बू सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एन्ड प्रोसिड्युअर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उप-संयोजकको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

आफूले निर्वाचन जिते “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको उद्देश्यलाई सार्थकता दिनका लागि लागिपर्ने उनले बताएका छन्।

हाल गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकताले मात्र नेपालसँगको वंशजको साइनोलाई अविछिन्न राख्न नसक्ने लिम्बूको भनाई छ।

आफूहरूको चाहना वंशजको नागरिकताको निरन्तरता भएको भन्दै उनले गैरआवासीय नेपालीका लागि जसरी नागरिकता ऐन बनेको छ, त्यो स्वागतयोग्य भए पनि धेरै कुरा सुधार्नुपर्ने बताए ।

नेपाललाई विकासको मूल प्रवाहमा जोड्नका लागि सरकारले रेमिट्यान्सको अपेक्षा मात्रै नगरी विदेशमा रहेका लाखौं नेपालीहरूले सिकेका सीप, अध्ययन र अनुभवलाई समेत प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने लिम्बूले बताए ।

डा. नवराज रोस्यारा आइसिसी सचिव पदमा आफुले सिकेको ज्ञान सिप लाई एनआरएनए सवै पक्षलाइ समेटदै राजनिती मुक्त संस्था गराउनु आजको आवश्यकता रहेको जनाएका छन ।

निर्वाचनमा पनि डेलिगेटसहरूले त्यसै गरि आफ्नो आस्था भन्दा माथि उठ्न सक्लान? के डेलिगेट्सहरूले यो वा त्यो पक्ष नभनि क्षमता, कार्यदक्षता र अनुभवका आधारमा उमेदावारहरूको चयन गर्ने साहस गर्लान? मैले चांही यो निर्वाचनमा डेमोक्र्याट, कम्युनिष्ट वा विचार नखुलेका सवै विचारका उमेदवारहरू लाइ मतदान गर्ने प्रतिवद्दता व्यक्त गर्दै मत मागेका छन ।

महाधिबेशन प्रतिनिधिहरुले हाम्रा लाई न भएर राम्रा छान्ने  साहश गर्ने हो भने परिवर्तन संम्भव छ। हिजो अग्रजहरूले निर्माण गरेको समाजिक संजाललाइ डिजिटलाइजेसनको माध्यम वाट व्यवस्थित गर्दै भर्चुयल रूपमा सवै गैर आवासिय नेपलीहरू वीच पुर्याउनु नै आजको महत्वपुर्ण कार्यभार हो।

त्यसै कार्यभार पुरा गर्नको लागि आफुले अहिले सम्म प्राप्त गरेका आइटीको सिपको प्रयोग गरि गैर आवासिय अभियान लाइ सवल वनाउने प्रति वध्दताका गर्दै नेदरल्याण्डसका महाधिबेशन प्रतिनिधिहरु सचिब पदमा मतदानका लागि हार्दिक अनुरोघ गर्नु भएको छ ।

बर्तमान यूरोप उपसमयोजक तथा जर्मनी एन आर एन को अध्यक्ष तथा संघको बिभिन्न जिम्मेवारीमा रहेर काम गरेको लामो अनुभबलाई केन्द्र सँग मिलेर आफुले सिकेको ज्ञान सिप लाई सामाजिक सस्थामा रहेर काम गर्ने बताउनु भयो ।

कार्यक्रममा आई सि सि उपाध्यक्ष नारायण आचार्य ,आई सी सि युबा उपाध्यक्ष हिमाल गुरुङ ,आई सिसी कोक्षाश्यक्ष फडिन्द्र पन्त , नब निर्वाचित आई सि सि सदस्य मिम पुर्जा ,एन आर एन नेदरल्याण्डसका सस्थापक सशी पौडेयल ,तथा एन आर एन नेदरल्याण्डसका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

कार्यक्रम एन आर एन ए नेदरल्याण्डसका अध्यक्ष थानेस्वर कंडेलले स्वागत तथा आई सि सि सदस्य टिकाराम सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

 

Please follow and like us: