नेदरल्याण्डस निवासी नारायण आचार्यको केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्दवारी घोषणा

 

नयाँ कुरा ,२१ सेपटेमबर ,बिहिबार ,आमस्ट्रडम,

गैर आबासीय नेपाली संघको आगामी ११ औं महाधिवेसनका लागि नेदरल्याण्डस निवासी नारायण आचार्यले बिहीवार २१ सेपटेमबर दिन सामाजिक सन्जाल फेसबुक मार्फत केन्द्रिय उपाध्यक्ष पदमा उम्मेद्दवारी घोषणा गरेका छन ।

नेदरल्याण्डसको एन आर एन तथा जनसमपर्क समितिमा लामो समय देखी सकृय आचार्यको महोनता प्रती एन आर एन ए कार्यक्रताहरुले उपाध्यक्ष आचार्य अब अभियान बाट बहिरिने त होइनन ? भन्दै उमेद्दवारिका बिषयमा चासो र चिन्ता ब्यक्त गरेको थिए ।

आचार्य संघको अभियानकै दौडमा रहेकाले हतार नगरेको मात्रा हो भन्दै उम्मेदावारी प्रती चासो चिन्ता लिने मतदाताहरुलाई सामाजिक सन्जाल मार्फत आभार ब्यक्त गरेका छन ।

गैर आबासीय नेपाली संघ भित्र केहि बर्ष देखि देखापरेको अन्तरीक खिचातानी तथा असमझदारी लाई अन्त गरी बिदेशमा रहेका एन आर एन एन सस्था सँग आबद्ध भई ११औ महाधिबेशन प्रजातान्त्रिक ढंगले समाधान गर्नु पर्ने जिम्मेवारी समाधान गर्नु पर्ने बेला आएको बताएका छन ।

गैर आवासिय नेपाली संघ नेपालीहरुको साझा घर र सम्पूर्ण प्रबासी नेपालीहरु लाई आफ्नो साझा परिबार सम्झन सक्ने बातावरण को निर्माण गर्नु पर्ने अहिलेको आवस्यकता लाई महसुस हुने गरी काम गर्न उपाध्यक्ष पदमा उमेद्दवारी दिएको बताएका छन ।

अक्तुबर १७ -२० सम्म हुने संघको ११ औ माहाधिबेशन बाट संघको मर्म लाई आत्मसाथ गर्दै एक सबल तथा सबैलाई बिना पुर्वाग्रह नेतृत्व दिन सक्ने समिति निर्वाचित गर्ने दाईत्व बोध भएको उल्लेख गरेका छन ।

गैर आबासीय नेपाली संघको इतिहास का बिभिन्न कालखण्डहरुमा धेरै असहज परिस्थितीहरुको एक साक्षी रही केही काम पुरा भए पनि अझै धेरै काम गर्नु पर्ने जिम्मेवारी महसुस गरेको बताएका छन ।

१० औं महाधिवेसनको निर्वाचन प्रकृया साथै संघले ब्यहोर्नु परेको समानान्तर विभाजन को तितो यर्थाथता स्मरण पनि गरेका छन ।

संघका गतिबिधीहरु संसार भरी छरिएर रहेका पन्जिकृत सदस्यहरुलाई अवगत गराउदै संघका अग्रजहरु को अथक प्रयास , पन्जिकृत सदस्यहरुको तिब्र दबाब तथा नेपाल सरकार को सुझाब र दबाबका कारण संघ ठुलो दुर्घटना बाट बच्न सफल भएको थियो तर पनि पूर्ण रूप मा सबैलाई समेटेर महाधिवेसन गर्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन ।

संघको ८६ देशमा राष्ट्रिय समान्वयन समिती निर्माण भईसकेको छ । संघका लाखौं सदस्यहरुको बिस्तारले संघका सामु देखिएका बिभिन्न चुनौति हरु लाई सामना गर्दै सबै गैर आवासीय नेपालीहरुको साझा , सक्षम , पारदर्शी एवं सबल एन आर एन ए बनाउने अभियान लाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आगामी अन्तराष्ट्रीय महाधिबेसन मा आफु उपाध्यक्ष पदमा उमेद्ववार बन्ने निर्णयमा पुगेको बताएका छन ।

नेपाली जनसमपर्क समिती नेदरयाण्डसको सस्थापक अध्यक्ष , एन आर एन ए को बिभिन्न जिम्मेवारी तथा एन सि सि नेदरल्याणडसको पूर्व अध्यक्ष ,आई सि सि सदस्य , यूरोप क्षेत्रीय संयोजक तथा बर्तमान १० औं महाधिवेशन बाट आई सि सि उपाध्यक्ष भएर संघले दिएको जिम्मेवारी पुरा गरेको घाम जस्तै छर्लङ रहेको जनाएका छन ।

त्यही कामको मुल्याङ्कन गरी शुभचिन्तकहरुको राय सुझाब साथै संघको जिम्मेवारी पदहरुमा रहदा उठाएका केही मुद्दाहरुमा आचार्यको सहभागीता ,कुतनिटिक कार्यकुसलता सबै सँग मिलेर काम सक्ने इच्छा सक्ती तथा नेपाल बिद्यार्थी संघको केन्द्रिय राजनीतिक अनुभब देखीको आधारलाई साक्षी राखी गैर आवासिय नेपाली ले सिकेका सिप ,ज्ञान ,पुजी तथा बशजको नेपाली नागरिकताको निरन्तरता लगाएतका थुप्रै मुद्दाहरुमा आबाज उठाउन आफुलाई पुन उपाध्यक्ष पदमा मतदान गर्न अपिल गरेका छन ।

Please follow and like us: