प्रवासी नेपाली मञ्च नेदरल्याण्डसको बिशेष महाधिबेशन बाट अध्यक्ष पदमा केशबराज पाण्डे सर्बसहमत चयन

नयाँ कुरा ,मंगलबार ,१९ सेपटेमबर , आमस्ट्रडम,

प्रवासी नेपाली मञ्च नेदरल्याण्डसले सोमबार आमस्ट्रडम शहरमा बिशेष महाधिबेशन बाट केशबराज पाण्डेको नेतृत्वमा कार्यसमिती  सर्बसहमत चयन भएको छ ।

बिशेष अधिबेशन अन्तरराष्ट्रिय प्रवासी नेपाली मञ्चका सचिब हेम शेर्पाको प्रमुख अतिथिमा समपन्न भएको हो । प्रवासी नेपाली मञ्चका सस्थापक ,पुर्ब कार्यसमिती पदाधिकारी ,युरोपियन मुलुकका प्रवासी मञ्चका अगुवाहरु , बेल्जियम प्रवासी मन्च ,स्पेन प्रवासी मञ्च ,नेदरल्याण्डस प्रवासी मञ्चका पूर्व पदाधिकारी ,कृयाशिल कार्यक्रता , नेदरल्याण्डसमा रहेका नेपाली संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी हेम शेर्पाले नेपाल कम्युनिस्ट पार्टी एमाले राष्ट्रको ठुलो दोस्रो पार्टी बनाउन नेदरल्याण्डसका कमरेडहरुले खेलेको आर्थिक ,सामाजिक , राजनीतिक रचनात्मक भूमिकाको प्रशम्शा गर्नु भएको छ । नेदरल्याण्डसमा नेपाली संघ सस्था तथा स्थानिय संघ सस्थाहरु सँग प्रवासी नेपाली मञ्चले गरेका बिभिन्न सामाजिक,आर्थिक ,मानबिय काममा खेलेको उदाहरणिय भुम्मिकाहरुको पार्टिले उच्च मुल्याङ्कन गरेको साथै आगामीदिनहरुमा पनि यस्तै कामहरुको अपेक्षा रहने बताउनु भयो ।
प्रमुख अतिथीले नब निर्वाचित समितिलाई आगामी दिनहरुमा चुनौती तथा सुनौलो अबसर थपिएकोले सिङो पार्टी नेकपा एमाले ,प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय समिती कुनै पनि चुनौती तथा अबसरमा सँगै मिलेर काम गर्ने प्रतिबद्दता जनाउदै नबनिर्वाचित कार्यसमितीको पूर्ण कार्यकाल सफलताको शुभकामना दिनु भएको छ ।

बिशेष अधिबेशनमा नेदरल्याण्डसमा रहेका नेपाली संघ सस्थाका प्रतिनिधिहरुले प्रवासी नेपाली मञ्चले नेपाली कला ,सस्कृति तथा नेपालको पर्यटन बिकास तथा समुदायमा परेका दुख सुख मानबिय ,आर्थिक , सामाजिक कामको प्रशम्शा गर्दै बिगतका कार्यसमितिहरु सँग जस्तै नबनिर्वाचित कार्यसमिती सँग पनि सामाजिक काम गर्न सहजताको अपेक्षा गरेको बताउनु भएको छ ।

सर्बसहमत पदाधिकारीहरु-
१)अध्यक्ष – केशबराज पाण्डे
२)उपाध्यक्ष – लक्षमण रिजाल
३)सचिब – उदय नेपाली
४)उपसचिब – भिम भक्त राई
५)उपसचिब – बिनोद बस्नेत
सदस्यहरु :-
६ ) सुनिल कुमार गुरुङ
७)ईन्द्र कुमारी सापकोटा
८)चन्द्रविर कुँवर
९)कमल रसाईली
१०)जोग बहादुर गुरुङ
११ )पुर्ण कंडेल
१२)सरोज ढकाल गिरी
१३) सुमनराज काफ्ले
१४)ईन्द्र कंडेल
१५)प्रनिल वस्ती
१६ ) जगन्नाथ निरौला
१७) दिनेश रेग्मी
गरी १७ जनाको कार्यसमिती निर्बाचित भएका छन ।बाकी सस्थाको बिधाननुसार कार्यसमितिले पूर्ण गर्ने बताईएको छ ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्डसको तेश्रो महाधिबेशन बाट राजेन्द्र चापागाईको नेतृत्वमा कार्यसमिती निर्वाचित भएको थियो । राजेन्द्र चापागाई आफ्नो कार्य व्यबस्थाका कारण सस्थाको आगामी गतिबिधीमा सकृया राजनीतिक तथा सामाजिक कामका लागि समय अप्रयाप्त भएकाले समितिमा राजिनामा दिनु भएको थियो ।

नेकपा एमाले ,प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय तथा प्रवासी मञ्च नेदरल्याण्डसको गहन छलफल प्रस्चात संगठन लाई आगामी दिनहरुमा ससक्त चुस्तदुरुस्त चलाऊनका लागि संगठनको बिधाननुसार बिशेष अधिबेशन गर्ने निचोडमा पुगेको हो ।

बिशेष अधिबेशनमा सस्थापक अध्यक्ष टिकाराम सापकोटाले मञ्चको स्थापना देखी अहिले सम्म मञ्चले एमाले पार्टीको राजनीतिक ,आर्थिक तथा सामाजिक कामहरु तथा नेपाली समुदायमा खेलेको सामाजिक , राजनीतिक,मानबिय,आर्थिक सहयोगी भूमिकाहरुको लेखोट राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्डसले स्थानिय संघ सस्था तथा नेपाली समुदाय सँग,नेकपा एमाले पार्टीको बिधी -बिधान प्रचलित निती कानुननुसार ब्यबस्थित ढंगले स्वदेश तथा बिदेशमा समयनुसार नेपालीहरुका सुख दु:खमा मिलेर सामाजिक काम गर्ने प्रवासी नेपाली मञ्च नेदरल्याण्डसका नबनिर्वाचित अध्यक्ष केशबराज पाण्डेले हाम्रा समबाददाता सँगको कुराकानीमा बताउनु भयो ।

केशबराज पाण्डे नेदरल्यान्डसका लागि नेपाल सरकारको पूर्व पर्यटन दुत , गैर आवासिय नेपाली संघ नेदरल्याण्डसका पूर्व बरिष्ठ उपाध्यक्ष,प्रवासी नेपाली मञ्चका पूर्व आर्थिक समयोजक तथा लामो समय देखी नेदरल्याण्डसमा एक सफल ब्यबसायीका हुन ।केशबराज पाण्डे नेदरल्याण्डसमा नेपाली समुदयका सुख दु:खमा आर्थिक ,सामाजिक ,तथा मानबिय सहयोगी पाका ब्यक्तिका रुपमा परिचित छन भने संगठनको बिधी बिधान,सामाजिक काम तथा मञ्चको आर्थिक समयोजकका रुपमा काम गरेको लामो अनुभब छ ।

नबनिर्वाचित केशबराज  पाण्डेले संगठनको निती कार्ययोजना ,कार्यक्रता समयोजन तथा समुदाय सँग कती सहज तथा ब्यबस्थित काम गर्न सक्लान ? यो आगामी कार्ययोजना तथा नेपाली समुदायहरु सँगको सहकार्य बाट नै प्रमाणित गर्ने अबसर र चुनौती मिलेको देखिन्छ ।

 

शोकसभा आयोजना

 

 

नेकपा एमालेका उपाध्यक्ष, संबिधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका पुर्व सभामुख तथा ईलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य साथै नेकपा एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङको हृदयघातका कारण सेप्टेम्बर ११ तारिख सोमबारका दिन उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पतालमामा निधन भएको थियो |

सालिन नेताको राजनीतिक योगदानको चर्चा गर्दै प्रवासी नेपाली मञ्च नेदरल्याण्डसले शोकसभा आयोजना गरेको हो |

 

Please follow and like us: