नेपाली जनसमपर्क समिती नेदरल्याण्ड्सले महामानब विश्वेश्वर प्रसाद कोइरालाको ११०औ जन्मजयन्तीको अबसरमा बुधवार आमस्ट्रडममा एक अन्तरकृया कार्यक्रम समपन्न

नयाँ कुरा ,सोमबार ,आमस्ट्रडम,१८ सेपटेमबर ,

नेपाली जनसमपर्क समिती नेदरल्याण्ड्सले महामानब विश्वेश्वर प्रसाद कोइरालाको ११०औ जन्मजयन्ती अबसरमा बुधवार आमस्ट्रडममा एक अन्तरकृया कार्यक्रम आयोजना गरेको हो ।

महामानव विश्वेश्वर प्रसाद कोइरालाको ११०औ जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरिएको भेटघाट तथा छलफल कार्यक्रममा नेपाल सरकारका सहरी बिकास मन्त्रि तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य सिता गुरुङ को प्रमुख अतिथिमा अन्तरकृया कार्यक्रमा भएको थियो ।

कार्यक्रममा नेदरल्याण्ड्समा रहेका नेपाली समाजका अगुवा तथा तरुण दलका केन्द्रीय सदस्य हेमन्त गुरुंगको बिशेष उपस्ठिती रहेको थियो ।

नेदरल्याण्ड्समा रहेका संघ सस्था तथा जनसमपर्क समितिका पूर्व अग्रज सामाजिक अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि मन्त्रि गुरुंगले बी .पीको सिद्धान्तमा समाजबादको मुख्य आधार खुल्ला अर्थतन्त्र, खुला बजार अन्तर्गतको नीतिले पनि भूगोलमा र भावनामा भएको हामी नेपालीहरुमा त्यति ठुलो दुरी नरहेको र हुनुपनि नहुने आफ्नो निस्कर्ष रहेको उल्लेख गर्दै मुलुक भन्दा बाहिर रहेका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा नछुटोस भन्नकालागि सम्बिधान मस्यौदा समितिको संयोजक कृष्ण प्रसाद सिटौला भएको बेला आफु समितिको सदस्य रहदा अन्तिम समय सम्म पनि गैर आवासीय नेपालीहरुको सुझावहरु नछुटोस भनेर कोशिस गरेको र आगामी दिनहरुमा पनि कोशिस रहने बताउनु भयो |

गैर आवासिय नेपालीहरुलाई संविधानले सम्बोधन गरिसकेको हुनाले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकारहरु बिदेशमा रहने नेपालीहरुले पाउने कुरामा दुई मत नरहेको तर एक पटकको नेपाली सधैको नेपाली भन्ने मार्मिक स्लोगनले सबैलाई छोएकै छ भन्दै केहि कुराहरु गल्ति पनि भएको औल्याउदै मन्त्रि गुरुंगले देश भन्दा बाहिर बस्ने जुनसुकै देशमा बस्ने नेपालीहरुलाई नेपाली देख्ने गरेको तर बिदेशमा बसेका केहि व्यक्तित्वहरुले बिचारलाई अलमलमा पारिदिने गरेको हुँदा बाहिरै बसेका सबै नेपालीहरुले एकताबद्ध भएर समन्वय, सहकार्य र दबाब लाई पनि एउटै रुपबाट अगाडी बढाउदा राम्रो हुने सुझाव दिनु भएको छ |

संबिधान निर्माण गर्दै गर्दा कार्यपालिका, व्यबस्थापिका र न्यायपालिका को क्षेत्राधिकारको बिषयलाई कसरि टुग्याउने बिषय र नागरिकताको बिषयले सारै समस्या परेको बताउदै अंगिकृत, बंसज र गैर आवासीय नेपाली नागरिता प्रदान गर्ने र अधिकारको बारेमा राजनैतिक अधिकार प्रदान गर्दा बिदेशमा बसेर त्यहाँको नागरिकता लिई सकेकाहरुले नेपालमा आएर राजनीतिक नेतृत्व गर्यो भने राजनीतिक प्रभाबित हुन सक्ने राष्ट्रियता खतरामा पर्न सक्ने अर्थात त्यो परिस्थति पनि आउन सक्छ भन्ने हिसाबले राजनीतिक अधिकार दिनुहुन्न भन्ने निष्कर्समा पुगेको उल्लेख गर्नु भयो |

बिदेशमा रहेका जनसमपर्क समितिको मुक्तकण्ठले प्रशम्शा गर्दै बिदेशमा कमाएको ज्ञान, सिप र धनलाई आफ्नो देशमा लगानी गर्न अनुरोध गर्दै देश बनाउने कुरामा बिदेशमा बस्ने नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहने हुँदा बिगतका निर्वाचनमा जस्तै २०८४ को आमनिर्वाचनका लागि पार्टीलाई सुझाब साथै आ-आफ्नो क्षेत्रका कार्यक्रताहरुलाई नेपाली काङ्रेसलाई मतदान गर्न तथा नेपालमा जनसमपर्क समितिहरुले सामाजिक , सचनात्मक बिकासका योजना पठाई मद्दत गर्न अनुरोध गर्नु भयो |

बि. पिका प्रजातान्त्रिक विचारका बारेमा बक्ताहरुले आ आफ्ना धारणाहरु राखेका थिए । जिज्ञासाहरुको माननीय मन्त्रि गुरुंगले सम्बोधन गर्दै बिदेशमा सुनेको र देखेको टेक्नोलोजीलाई आफ्नो देशमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा पार्टीमा गहन छलफल भएको बताउनु भयो । |

बिशेष अतिथिको रुपमा जनसम्पर्क सम्पर्क समिति नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष तथा एनआरएन ए केन्द्रीय उपाध्यक्ष नारायण आचार्य,जनसम्पर्क सम्पर्क समिति नेदरल्याण्ड्सका पुर्व अध्यक्ष तथा एनआरएनए नेदरल्याण्ड्सका पुर्व अध्यक्ष ठाकुर प्रसाद शर्मा ( मनोहरि ),जनसम्पर्क समिति नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष प्रेम जंग गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशी पौडेल, एनआरएनए नेदरल्याण्ड्सका निवर्तमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य मिम पुर्जा, एनआरएनए नेदरल्याण्ड्सका अध्यक्ष थानेश्वर कंडेल,नेपाली जनसमपर्क समिती नेदरल्याण्डसका नि. बर्तमान बरिष्ठ उपाध्यक्ष तथा एनआरएनए नेदरल्याण्ड्सका नि. बर्तमान बरिष्ठ उपाध्यक्ष बिष्णु पोख्रेल, जनसम्पर्क समितिका पुर्व उपाध्यक्ष डम्बर कोइराला, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव द्रोण रिजाल, एनआरएनए नेदरल्याण्ड्सको उपाध्यक्ष सिता थापा, उपाध्यक्ष दिनेश अर्याल, नेपाली व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष अमिर देवकोटा, प्रवासी नेपाली एकता समाज नेदरल्याण्ड्सका अध्यक्ष अमिर गुरुङ, व्यवसायी कल्पना कुँवर देवकोटा, गगन जंग बहादुर शिंह, रुपक रेग्मी, लगायतको उपस्थिति  रहेको थियो |

अन्तरकृया कार्यक्रम जनसमपर्क समिति नेदरल्यान्डसका अध्यक्ष सालिक गौतमको सभापतित्वमा महामन्त्री जितेन्द्र श्रेष्ठले सन्चालन गरेका थिए ।

Please follow and like us: