गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले ११ सेपटेम्बर सोमबारका दिन आमस्ट्रडम सहरमा भब्य रुपमा चेली-बेटी लाई दर कार्यक्रम समपन्न

नयाँ कुरा १७ ,सेपटेम्बर आईतबार ,

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसले ११ सेपटेम्बर सोमबारका दिन आमस्ट्रडम सहरमा राष्ट्रिय कलाकार रिता के सि , स्थानिय कलाकारका साथ बिबिध तीज सास्कृतिक कार्यक्रम सँगै भब्य रुपमा नेपाली चेली बेटीहरुलाई तिजको दर खुवाउने कार्यक्रम गरेको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा नेपाली चेलीबेटीहरुलाई दर खुवाउने एवं बिबिध मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई मनोरन्जन बनाउन ५ युरोको चिठ्ठा बाट सुन -चादीका गहनाहरुको आकर्षक पुरुस्कारको ब्यबस्था पनि गरेको थियो ।

सदा झै नेपाली मौलिक सारी चोला पोतेमा महिला दिदी बहिनिहरु सजिएर गाउघरको झल्को मेटन तिज गीतहरु घन्काएका थिय ।

 

एन आर एन ए नेदरल्यान्डसका अध्यक्ष थानेस्वर कंडेलको सभापतिमा महासचिब साबु पौडेयाल र उपाध्यक्ष सिता सापकोटाले कार्यक्रम सन्चालन गरेका थिय ।
नेपाली कला- सस्कृतिको जगेर्ना तथा प्रबर्धनका लागि नेपाली संघ सस्था, ब्यबसायी, बिद्यार्थी , बिदेशी पाहुना तथा नेपाली बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो

Please follow and like us: