राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली संपर्क बिभाग नेदरल्याण्डसको तदर्थ समिती हिरन्य ओझा

नयाँ कुरा ,शनिबार ,२ सेप्टेमबर ,आमस्ट्रडम

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली संपर्क बिभाग नेदरल्याण्डसको तदर्थ समिती हिरन्य ओझा ( हिमाल)को सभापतित्वमा पूर्ण कार्यसमिती गठन भएको छ ।
३१ अगस्ट बिहीवार सामाजिक सन्जाल जुम मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय सदस्य तोया राज अधिकारीको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क बिभाग युरोप संयोजक भोला लामिछानेको बिशेष उपस्थितिमा तदर्थ समिती घोषणा गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाल सम्पर्क बिभाग नेदरल्याण्डस को कार्यसमिति यस प्रकार रहेको छ ।

सभापति – हिरन्य ओझा (हिमाल्)
उप – सभापति – अञ्जन गुरुङ
महामन्त्री – एस . के . परियार
महासचिव – ए . पि . मगर
सह – महासचिब – निर पनेरु
कोषाध्यक्ष – चन्दना गुरुङ
सह – कोषाध्यक्ष – राज साप्कोटा
महिला संयोजक – मनिता गुरुङ
महिला सह संयोजक – रुबी पान्डे
युवा संयोजक – ज्ञान आले
युवा सह संयोजक – रमेश चौलागाइ

सदस्यहरु
शेर शेरचन
फनिन्द्र बहादुर क्षेत्री
डिल्ली कँडेल
चेत गुरुङ
प्रदिप रज न्यौपाने
रुपेश श्रेष्ठ
सबिन आचारय
शिभ प्रशाद न्यौपाने
तिलक शेरचन
ओम राज गुरुङ
विशाल थापा
विनोद तन्दुकार
बल्लु श्रेष्ठ

नेदरल्याण्डसमा लामो समय देखी स्थाई तथा अस्थाई बसोवास गर्ने नेपाली बुद्धिजिबी , ब्याबसायी , महिला ,युबा , विद्यार्थीहरु सँग लामो छलफल बहस पस्चात सबैको सहमति सहकार्य बाट राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली संपर्क बिभाग नेदरल्याण्डसको तदर्थ समिती अर्थशास्त्र तथा समाजशास्त्रमा मास्टर्स गरेका नेदर्ल्यान्दसका सफल ब्यबसायी हिरन्य ओझा ( हिमाल)को सभापतित्वमा पूर्ण कार्यसमिती गठन हुन सहज भएको हो ।

नेदरल्याण्डसमा रहेका सम्पूर्ण संघ सस्थाहरु सँग सहकार्यका लागि सस्थाको बिधान निर्माण गरी छिट्टै राष्ट्रिय तथा प्रवासमा रहेका नेपालीहरुलाई आईपर्ने समपूर्ण सामाजिक कामहरुमा हातेमालो गर्ने नब निर्वाचित सभापती ओझाले हाम्रा समबाददाता सँगको समबादमा जनाएका छन ।

बिहीवार नै सामाजिक सन्जाल जुमको भेलाले ब्यावसायि श्री पान्डे लाई सल्लाहाकार छनोट गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बेलायत ,बेल्जियम, स्पेन ,जर्मन ,फिन्ल्याण्ड ,लगजेम्बर,जापान ,कोरिया नेदरल्याण्डसमा प्रवास समिती निर्माण भईसकेका छन ।

Please follow and like us: