नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा आईतबार १० सेप्टेम्बरका दिन नेपाल डे मनाईने

नयाँ कुरा ,बिहिबार ,१७ अगस्ट ,आमस्ट्रडम,

नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा आईतबार १० सेप्टेम्बरका दिन नेपाल डे मनाईने भएको छ । नेपाली कला सस्कृतिक,पर्यटन , योग ध्यान तथा सास्कृतिक कार्यक्रम सहित बिभिन्न नेपाल चिनाउने कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ ।

नेपाल बिकास प्रतिस्ठान ,नेपाल म्युजिक फाउण्डेशन नेपाली ब्यबसायिक संघ नेदरल्याण्डस ,नेपाली राजादुताबास सँगको सहकार्यमा हुन गैइरहेको हो । नेपाली कन्सुलेट आमस्ट्रडम, आमस्ट्रडम नगरपालिका , एन आर एन ए नेदरल्याण्डस तथा नेदरल्याण्डसमा रहेका बिभिन्न संघ सस्थाहरुको पनि सहकार्य रहने भएको छ ।

आयोजक संघहरुले नेपाली सास्कृतिक कला र सस्कृतिकलाई स्थानिय सस्थाहरु सँग समबन्ध बिस्तार लाई सहयोग हुने विश्वाश लिएको बताईएको छ ।
कार्यक्रम आमस्ट्रडमको थिएटर हल (‘t Zonnehuis) मा दिनको १२:३० बजेबाट शुरु भै साँझ १८:०० बजे समाप्त हुने कार्यक्रम रहेको छ ।

नेपालका भौगोलिक मौलिक सस्कृति ,गौतम बुद्धको जन्मथलो र संसार कै उच्च सिखर सगरमाथा झल्किने गरि गौतम बुद्धको आदर्श तथा जीवनसैली र विना अक्सिजन सगरमाथा आरोहणमा बनाईएको फिल्मको पनि प्रदर्शनी गरिने भएको छ ।

नेपाल म्युजिक फाउण्डेशनले नेपाली कला सस्कृति  र परम्परालाई डच समुदायको सामु पुग्ने गरि नेपाली नृत्य , संगीत र भेषभुषा पनि प्रदर्शनि  गर्ने भएको छ । सास्कृतिक , जातियता र लैङ्गिक रुपले अनेकतामा एकताले भरिपूर्ण मुलुकको गौरवशाली पहिचानको प्रबर्धन गर्न गुरुङ तथा तामाङ सास्कृतिक  र संस्कारको पनि पर्दर्शनी गरिने भएको छ ।

कार्यक्रमलाई नेपालीमय बनाउन आ-आफ्नो मौलिकता झल्किने गरि भेषभुषा सहित उपस्थित भै दिनु हुन  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाई मुल आयोजक नेपाल बिकास प्रतिष्ठान बिशेष अनुरोध गरेको छ ।

नेदरल्याण्डसमा रहने नेपाल र नेपाली समुदायलाई बिशेष योगदान पुर्याएका डचहरु तथा नेपाली समुदायका सामाजिक ब्यक्तिहरुलाई नेपाली राजदुताबासको तर्फबाट सम्मान गर्ने कार्यक्रम पनि भएकोले सामाजिक, एकेडेमिक तथा परोपकारी क्षेत्रमा रहेर उल्लेखनिय भूमिका निभाउनु भएका बिशेष ब्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ ।

नेपाल डे कार्यक्रम नेपाल र नेपालीको कला सास्कृतिक पहिचान प्रचारप्रसार गर्ने बिशुद्द उद्देश्य रहेकाले डच कम्युनिटि  माझ  बिगतमा जस्तै यस कार्यक्रममा पनि सबैको साथ र समर्थन रहने अपेक्षा आयोजकसमितीका संयोजक सशिकान्त पौडेलले हाम्रा समबाददाताको कुराकानीमा बताउनु भएको छ ।

कार्यक्रममा प्रबेश निशुल्क गरिएको छ भने सो दिनमा सवारी साधनहरुको पार्किङ पनि निशुल्क ब्यबस्थापना रहेको छ ।

नेपाल डे आईतवार, १० सेप्टेम्बर २०२३ दिनको १२:३०-१८:०० बजे   सम्म  Zonneplein 29,1033 EJ, Amsterdam मा हुने छ ।

Please follow and like us: