हरितालिका तिज ११ सेप्टेम्बर २०२३ सोमबार नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा

 

नयाँ कुरा ,१४ अगस्ट ,सोमबार ,आमस्ट्रडम,

नेपाली नारिहरुको महान चाड हरितालिका तिज ११ सेप्टेम्बर २०२३ सोमबार नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा एन आर एन ए नेदरल्याण्डसले दर खुवाउने भएको छ ।

गैर आवासिय नेपाली संघले नेदरल्याण्डसमा रहेका समपुर्ण संघ सस्थाहरुको सहभागीतामा दर खाने तथा तिज बिशेष सास्कृतिक कार्यक्रमको तयारीका लागि कार्यक्रम तयारी उपसमिती निर्माण तथा कार्यक्रमलाई सब्य र भब्य गराउन नेदरल्याण्डसमा रहेका संघ सस्थाहरुलाई आईतबार सामाजिक सन्जाल जुम बैठक मार्फत सबैको रायसुझाब सन्कलन गरिएको थियो ।

तिज बिशेषमा नेपाली खानाका परीकार दर तथा सेल रोटीको तयारी गरिने भएको छ ।

बैठकमा सशीकान्त पौडेल ,राम तामाङ ,दोर्ण रिजाल ,अमिर गुरुङ ,संघर्शसिल के सि ,सरोज ढकाल ,टिकाराम सापकोटा ,सिता थापा ,सिता सापकोटा ,दिनेश अर्याल ले बोल्नु भएको थियो ।

स्थानिय स्तरमा नेपाली कला र सस्कृतिको प्रचार-प्रसारका लागि पनि बक्ताहरुले एन आर एन ए को बिशेष ध्यानाक्रषण गराएका थिए ।

बैठक एन आर एन ए नेदरल्याण्डसका अध्यक्ष थानेस्वर कंडेलको अध्यक्षतामा महासचिब सावित्री पौडेलले सन्चालन गर्नु भएको थियो ।

Please follow and like us: