गंगाधर गौतमले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव पदमा उम्मेदवारी घोषणा

नया कुरा ,आमस्ट्रडम,सोमबार ,७ अगस्ट ,

गैराअवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद आगामी ११ औ महाधिबेशनका लागि गंगाधर गौतमले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

गैराअवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए सचिव गंगाधर गौतमले आफ्नो जन्मदिनको अवसर पारेर गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बाग्लुङ जिल्लाको गल्कोटमा जन्मेका गौतम विगत दुई दशकदेखि बेल्जियमलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन्।
सबैमाझ लोकप्रिय र नम्र स्वभावका गाैतम संस्थागत विकासका ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । गौतमले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिन लागेको घोषणा गएका हुन ।

त गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि गौतमले बताएका छन् ।

सन् २००६ मा एनआरएनए बेल्जियमको उपाध्यक्ष पदबाट आफ्नो सामाजिक कार्यमा कदम चालेका उनले २०१५-२०१७ सम्म एनआरएनए बेल्जियमको अध्यक्ष हुँदै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद विधान समिति सह संयोजक , बार्ता समितिको सदस्य भएर काम गरेको अनुभव छ , हाल उनी सचिव पदमा कार्यरत छन् ।

एनआरएनए बाहेक पनि उनी बागलुङ अन्तराष्ट्रिय समाजको सल्लाहकार देखि विभिन्न संघसंस्थाको सल्लाहकारको रुपमा रहेका छन्।

विद्यार्थीकालदेखि नै सामाजिक कार्यमा अग्रसर गौतम राजनीतिक विचारधारामा नेपाली कांग्रेस निकट हुन। बाग्लुङको नेपाली काग्रेस निकट विद्यार्थी सङ्घको सभापति भई राजनितिमा होमिएका उनी धौलागिरी बहुमुखी क्याम्पसको अध्यक्ष समेत भएको अनुभव छ त्यस्तै युरोपमा आफ्नो कर्मभूमि बनाइसके पछि उनले नेपाली काँग्रेसको पार्टी संगठन जनसंपर्क समितिको सभापति देखि युरोपको महामन्त्री र नीति प्रशिक्षण प्रतिष्ठानको अन्तरास्ट्रिय संयोजक भएर संगठन विस्तारको साथसाथै सामाजिक कार्यक्रममा सदैव अग्रणी भूमिका खेल्दै आएका छन्।

गौतमले यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता , युवा महिला , श्रमिक मैत्री , वंसजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन लागी राजनैतिक सम्बाद मार्फत हल गर्ने , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन् ।

Please follow and like us: