पर्बत पाङ १ का प्रसान्त सुबेदिको उपचारका लागि २ लाख १२ हजार ५ सय १८ रुपया सहयोग हस्तान्तरण

२६ जुलाई बुधवार ,नया कुरा ,आमस्ट्रडम,

कुश्मा नगरपालिका वडा नम्बर १ पाङका २९ महिने प्रसान्त सुबेदिलाई ए आर पि सि १ बि रोगको उपचारका लागि पर्बत समाज नेदरल्यान्डस मार्फत २ लाख १२ हजार ५ सय १८ रुपया बालकका पिता सरोज प्रकाश सुबेदी लाई हस्तान्तरण गरिएको छ ।

जनसमपर्क समिती नेदरल्यान्डसका पूर्व अध्यक्ष पदम बहादुर क्षेत्रीको पहलमा नाबालकको उपचारका लागि पर्बतसमाज नेदरल्यान्डस ,तथा नेदरल्यान्डसबासी नेपालीहरुले आर्थिक सहयोग गरेका हुन ।

सरोज प्रकाश सुबेदी र बिष्णु सुबेदीका एक मात्र छोरा प्रशान्त सुबेदीलाई जन्मैदेखि विश्वमै अत्यन्त दुर्लभ प्राणघातक एआरपीसी वानबी( ARPC1B) डीफीसेन्सी (देफिकिएन्क्य्)रोगको उपचार भईइरहेको छ । घरको आर्थिक अवस्था नाजुक रहेकाले प्रवासमा रहेका नेपालीहरुले पर्बत समाज मार्फत आर्थिक सहयोग गरेका हुन । आर्थिक सहयोग गरी उपचारमा केहि मल्हम लगाउन सहयोगी नेदरल्यान्डसबासी मनहरुलाई सुबेदी परिवारले धन्यवाद दिनु भएको छ अब आफ्नो छोरो छिट्टै निको हुने विश्वाश बद्दैइ गैइरहेको बताउनु भयो ।

रोग प्रतिरक्षा बिशेषज्ञका अनुसार यो किसिमको रोगमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता ज्यादै कमजोर हुने भएकाले बच्चालाई बारम्बार संक्रमण हुने,कान पाक्ने,लिम्फ़ ग्रन्थी सुन्निने,दिशा,पिसाव,मुख र गिजाबाट रगत आउने, शरीरका विभिन्न भागमा राताराता दाग, चिलाउने घाउ र एलर्जी हुने गर्दछ |

यस रोगमा बच्चा जन्मे देखिनै निरन्तर बिरामी भैरहने हुँदा अस्पताल लागिरहनुपर्ने र त्यसकालागि पटकपटक उपचार गराउदा अत्याधिक खर्चहुने भएकाले साधारण परिवारमा भने आर्थिक कठिनाईहरु हुने गर्दछन त्यसैले सहयोगी मनहरुको आर्थीक सहयोगकालागि पदम बहादुर क्षेत्रीले सबैलाई अपिल गरेका थीए |

उपचारको लागि झलक जी.सी ११५ युरो, लक्ष्मण रिजाल १११ युरो, मिम पुर्जा १०५ युरो, मनोहरी शर्मा १०५ युरो, रामप्रसाद रेग्मी १०५ युरो, थानेश्वर कँडेल १०५ युरो, पदम क्षेत्री १०५ युरो, भीम रोका १०५ युरो, संघर्ष केसी १०५ युरो, केशवराज पाण्डे ५५ युरो, अमिर गुरुङ ५५ युरो, माधव कँडेल ५५ युरो, फदिन्द्र क्षेत्री ५१ युरो, विष्णु पोखरेल ५१ युरो, धनकुमार बोहरा ५१ युरो, अग्निधर उपाध्याय ५१ युरो, झलक श्रेष्ठ ५१ युरो, सीता सापकोटा ४५ युरो, श्याम आचार्य ३५ युरो, नर ब.रोका ५१ युरो, धन ब. क्षेत्री ५५ युरो, टिकाराम सापकोटा २० युरो ,संकलन गरिएको थियो ।

पदम बहादुर क्षेत्री (रामचन्द्र)र पर्बत समाज नेदरल्यान्डसका अध्यक्ष झलक जिसीले  स्थानिय रुपमा रहेका दिनदुखिहरुलाई आर्थिक ,सामाजिक ,मानबिय कार्यहरुकै लागि समाज निर्माण गरेको बताउनु भयो ।

Please follow and like us: