एन आर एन ए नेदरल्यान्डसको १०औ महाधिबेशन  बाट  थानेस्वर कंडेल निर्वाचित 

 

 

 २४ जुलाई सोमबार ,नया कुरा ,आमस्ट्रडम,

 

एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशन २४ जुलाई सोमबारका  दिन आमस्ट्रडममा थानेस्वर कंडेलको नेतृत्वमा  समपन्न भएको छ ।

संघको  महाधिबेशन  बेनेलुक्सका लागि नेपाली  राजदुत गहेन्द्र राज भण्डारि को   प्रमुख अतिथि,मिम पुर्जाको अध्यक्षतामा महासचिब सिता कुमारी क्षेत्री थापाले सन्चालन गर्नु भएको थियो । 

गैर आवासिय नेपाली संघ केन्द्रिय उपाध्यक्ष नारायण आचार्य,युबा उपाध्यक्ष  हिमाल गुरुङ कोषाध्यक्ष  फडिन्द्र पन्त ,सचिब गंगाधर गौतम, महिला युरोप समयोजक बर्षा खडका ,एन आर एन ए बेल्जियम अध्यक्ष सिता सापकोटा ,पत्रकार ॐम शर्मा ले  एन सि सि नेदरल्यान्डसले  गरेका सामाजिक कामको प्रसम्शा गर्नु भएको थियो । 

 अधिबेशनमा एन सि सि नेदरल्यान्डसका सस्थापक अध्यक्ष सशीकान्त पौडेल, पूर्व अध्यक्षहरु ,पुर्ब पदाधिकारीहरु नेपाली  सामाजिक संघ सस्थाहरु  ,नेपाली राजनितिक दलका भातृदलका सङठनहरु , जातिय, क्षेत्रिय ,नेपाली ब्यबसायी ,बिधार्थी,कलाकार  ,पत्रकार तथा एन आर एन ए पन्जिकृत  सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन महासचिबको प्रतिबेदन, महिला फोरमको प्रतिबेदन   तथा प्रस्तापित समसोधित बिधान पास भएको छ । 

 कार्यक्रममा लोकगायिका लक्ष्मी नेपाली ,गजल गायक थानेस्वर गौतम,लोकगायकहरु जीवन दाहाल र तारापति सुवेदी तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो  । 

 

 बागलुङ जिल्ला काठेखोला गाउ पालिक ८ मा जन्मिएका थानेस्वर कंडेल , साबिकको लेखानी गाउमै २०५२-२०५७ सम्म  पोल स्टार  बोडिङ स्कुल संचालक थिए ।   माओबादी जनयुद्दको दबाबका  कारण कंडेल गाउ छोडन वाध्य भई राजाधानी छिरेका थिए । शैक्षिक क्षेत्रमै केही गर्ने हुटहुटी भएका कंडेल डन बोस्को एकाडेमी लागाएकका धेरै बोडिङ सन्चालन गर्ने प्रयास सफल नभए पछी सन २००६ मा उच्च शिक्षा अध्ययनका लागि   नेदरल्यान्डस  हुररिएका थिए । महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा (आई एल )कानुन अध्ययन र बि एल पृथबि  नारायण क्याम्पस पोखरा टपर हुन । नेदरल्यान्डसको यो दुई दशक  लामो बसाईमा शैक्षिक  तथा स्वास्थ्य क्षेत्रमा बिभिन्न संघ सस्थाको पहलमा थुप्रै आर्थिक सहयोग गरी सहयोगी भूमिका बाट कहिलै अलग रहेनन । जिबिकोपार्जनका लागि रोजगारी बाट सुरुवात भएको यात्रा अहिले दैनिक  १०० औ नेपाली तथा बिदेशिहरुलाई नेदरल्यान्डसमै  रोजगारिदिने अवस्थामा स्थापित भएका छन । नेदर्ल्यान्डसमा अशोका चेन रेस्टुरेन्टका सफल ब्यबसायिक  हुन ।  सानै उमेर देखी केही गर्ने हुटहुटी भएका कंडेल अझै पनि स्वोदेशमै केही गर्ने सोचमा कमी देखिदैन । नेदरल्यान्डसमा  बस्ने नेपालीहरुले कंडेलको  नेतृवमा  नेपाल झलकने के  छाप  छोड्लान त्यो हेर्न २  बर्षे  कार्यकाल पछीनै भन्न सकिएला  ।   

 

 सर्ब सहमतिय एकाताको कार्यसमिति यस्तो रहेको छ । 

 

आईसिसी सदस्य – मिम  पुर्जा 

अध्यक्ष: थानेश्वर  कंडेल  

वरिष्ठ उपाध्यक्ष: भिम बहादुर रोका 

उपाध्यक्षहरु : 

सीता सापकोटा

संघर्षशिल केसी

सिता कुमारी थापा क्षेत्री

 पेमा लामा 

अर्चना पाण्डे

रामचन्द्र पोख्रेल 

महिला उपाध्यक्ष: अम्बिका गिरि 

 यूवा उपाध्यक्ष: दिनेश अर्याल  

महासचिव: सावित्री पौडेल 

सचिव- सन्दिप विश्वकर्मा 

कोषाध्यक्ष: कमल प्रसाद  विश्वकर्मा

सह-कोषाध्यक्ष: सुमन राज काफ्ले 

महिला संयोजक – सरोज ढकाल ( गिरि ) 

यूवा संयोजक: अनिल कार्की 

सदस्यहरु: 

धन बहादुर बोहरा 

डम्बर कुमार कोइराला 

राम बहादुर पौडेल 

नर बहादुर कार्की (गणेश )

कैलाश गिरी

प्रेम बहादुर पुन 

गगन जंग बहादुर सिंह

सुबास सिंह बस्न्यात 

भिम भक्त राइ ,

निर्वाचित अध्यक्षले समरक्षक परिषद सदस्य पदम बहादुर क्षेत्री ,सल्लाहाकार समितिमा बिष्णु पोखरेल,र अमिर गुरुङ लाई कार्यसमिति सदस्य मनोनित गर्नु भएको छ । 



Please follow and like us: