एन आर एन ए नेदरल्याडसको बरबुझारथ तथा पदास्थापना बुधबार हुने

नया कुरा ,आमस्ट्रडम,आईतबार ,३० जुलाई ,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको २०२३-२०२५ कार्यकालको बरबुझारथ एवं पदस्थापन कार्यक्रममा २  अगस्ट बुधबारका  दिन अशोका रेस्टुरेन्टमा हुने भएको छ ।

नेदरल्याण्डसबाट प्रतिनिधित्व गर्ने  गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी , सदस्य , राष्ट्रीय समन्वय परिषद नेदरल्याण्डसका पूर्वअध्यक्ष,पुर्ब आइसिसि सदस्य तथा संरक्षक, सल्लाहाकार, दशौं महाधिवेशनका लागी गठित विभिन्न समितिका संयोजक, नेदरल्याण्डस स्थित सम्पुर्ण नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी, कार्यसमितिका पदाधिकारी ,सदस्य , पत्रकार,ब्यबसायी , तथा सम्पुर्ण पंजीकृत सदस्यहरुको उपस्थितिको लागी संघले आमन्त्रण गरेको छ ।

Please follow and like us: