गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसले  मतदाता नामावली प्रकाशित

नयाँ कुरा ,शनिबार ,८ जुलाई ,आमस्त्रडम,

 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसले  मतदाता नामावली शनिबार प्रकाशित गरेको छ ।

गैरआवासीय नेपाली संघ नेदरल्याण्डसको २०२३-२०२५ का लागि आबेदन भई प्रमाणित भएका आवेदकहरुको नामावली www.nrna.nl मा गएर ( Netherlands ) हेर्न सकिने छ ।

संस्थाले प्रकाशित गरेको सदस्यता नामावली आगामी २३ जुलाई २०२३ मा आयोजना हुने दशौ राष्ट्रिय महाधिबेशन प्रतिनिधि तथा निर्बाचनका मतदाता हुने भएकाले प्रकाशित तालिकामा कुनै दाबी बिरोध भएमा इमेल ec.nrnanl.21@gmail.com मार्फत पठाउन निर्वाचन समितिले सुचना प्रकाशित गरेको छ ।

निर्बाचन समितिको निर्णय अनुसार ०८ जुलाई २०२३ राती १२ बजे सम्म प्राप्त भएका मतदाता / महाधिबेशन प्रतिनिधि बारेको दाबी बिरोध उपर आवश्यक छानबिन तथा निर्णय गरि अन्तिम मतदाता / प्रतिनिधिको नामावली ९ जुलाई आइतबार संस्थाको पेजमा प्रकाशन गर्ने निर्वाचन संयोजक फडिन्द्र पन्तले जानकारी गराउनु भएको छ ।

कार्यसमिति चयन  सहमती हुन नसकेको अवस्थामा २३ जुलाई २०२३का लागि संघले निर्वाचनको तयारी पनि गरेको छ ।

Please follow and like us: