गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको १०औ महाधिबेशनका लागि सदस्यता नबिकरण -तेस्रो पटक दुई दिन थप

नयाँ कुरा,शनिबार,०१ जुलाई ,आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको १०औ महाधिबेशनका लागि सदस्यता नबिकरण तथा सदस्यता आबेदन तेस्रो पटक दुई दिनका लागि शनिबार बसेको संघको पूर्ण बैठकले थप गरेको हो ।

शनिबार सम्म  गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको १०औ महाधिबेशनका लागि झण्डै ४०० जना पन्जिकृत सदस्यहरुले सदस्यता नबिकरण तथा सदस्यता आबेदन दिएका छन ।

संघको ९ औ महाधिबेशनमा ५०५ पन्जिकृत सदस्य रहेका थिए।  शुक्रबार राती १२ बजे सम्मका लागि संघले सदस्यता वितरणको समय दोस्रो पटक १० दिन थपेको थियो ।

हाम्रा समबाददाताहरुले बिभिन्न संघ सस्थाका पदाधिकारी तथा बुद्धिजिबिहरु सँगको समबादमा सदस्यता आबेदन सन्ख्या हेर्दा गत निर्वाचन बाट उत्पन्न संघको पक्ष बिपक्ष बिबाद लाई मिलाउन सक्ने स्वतन्त्र ब्यक्तीको नेतृत्वमा  एकताको महाधिबेशन हुने विश्वाश बढदै गएको अनुमान गरिएको छ ।

सहमती हुन नसकेको अवस्थामा २३ जुलाई २०२३का लागि संघले निर्वाचनको तयारी पनि गरेको छ ।

Please follow and like us: