एन आर एन ए नेदरल्यान्डसको १० औ महाधिबेशन २३ जुलाईमा हुने

नयाँ कुरा,शनिबार ,१०जुन,आमस्ट्रडम,

गैर आवासिय नेपाली सँघ नेदरल्यान्डसको १० औ महाधिबेशन आईतबार २३ जुलाई २०२३का दिन आमस्ट्रडमा समपन्न गर्ने कार्यसमितिको पूर्ण बैठकले निर्णय गरेको छ ।

कार्यसमितिले सदस्यता नबिकरण तथा सदस्यता बितरण २० जुन २०२३ सम्म खुल्ला गरेको छ । नेदरल्यान्डसको बिभिन्न क्षेत्रहरुमा बसोवास गर्ने नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई समयमै सदस्यता नबिकरण गर्न पून सुचना प्रकाशित गरेको छ ।

नबिकरण तथा सदस्यहरुले २०२३-२०२५ कार्यकालका लागि समग्र समाजको प्रतिनिधित्व गर्न सक्ने प्रतिनिधि लाई सर्बसहमती तथा लोकतान्त्रिक प्रणाली बाट कार्यसमिती निर्माण गर्न सक्ने छन ।

निर्वाचन शान्ती ,सुरक्षित तथा धाधलिरहित बनाउन निर्वाचन समिती समयोजकमा फडिन्द्र पन्तलाई चयन गरेको छ भने समपूर्ण संघ सस्था भेग क्षेत्रहरुको प्रतिनिधित्व हुने गरी समन्यवयन गर्न नारायण आचार्यलाई समयोजक तोकेको छ ।

Please follow and like us: