नेदरल्याण्डसबासी नेपालीहरुले “एन आर एन ए को भबिस्य के “भन्ने बिषयमा बृहत-अन्तर्कृया गर्ने

नयाँ कुरा,शनिबार,२०मे २०२३, आमस्ट्रडम,

गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घले सँग मंगलबार नेदरल्याण्डसबासी नेपालीहरुले “एन आर एन ए को भबिस्य के “भन्ने बिषयमा बृहत-अन्तर्कृया गर्ने भएका छन ।

गैर आवासिय नेपाली संघको १०औ महाधिबेशनमा घले समुहले छुट्टै र गैर आवासिय नेपाली संघ सस्थापना समुहले छुट्टै १०औ महाधिबेशन समपन्न गरेका थिए । त्यो बिबाध अझै पनि जिबितै रहेको छ ।

२०२१-२०२३ का लागि निर्वाचित राष्ट्रिय समन्वयन समितिहरुको २ बर्ष कार्यकाल सकीनै लाग्दा गरिन लागेको अन्तर्कृया कार्यक्रमलाई सर्बसाधारणले बिशेष चासोका रुपमा लिएका छन ।

एन आर एन ए नेदरल्याण्डसको २०२३-२०२५ कार्यकालका लागि सदस्यता नबिकरण तथा सदस्यता बितरण २० जुन सम्मका लागि खुल्ला गरिसकेको छ ।

२ बर्ष देखीको केन्द्रिय बिबाधका कारण गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वयन समितिको २०२३-२०२५का लागि खुल्ला गरिएको सदस्यता नबिकरण हेर र पर्खको अवस्थामा देखिन्छ ।

एन आर एन ए नेदरल्याण्डसको गत निर्वाचनमा ५१० सदस्यता रहेका थिय । नेदरल्याण्डसबाट सस्थापना समुहको केन्द्रिय समिती मा ४ जनाले केन्दिय पदाधिकारीमा प्रतिनिधित्व गरेका छन ।

एन आर एन ए को ११ औ महाधिबेशन एकताको अधिबेशन कसरी गर्न सकिन्छ भन्ने राय लिन घले युरोपियन मुलुकका बिभिन्न देशहरुमा गैर आवासिय नेपालीहरुको पछील्लो गतिबिधी तथा समर्थन जुटाउन भ्रमण गरिएको बुझिन्छ ।

राष्ट्रिय समन्वयन समिती तथा केन्द्रिय ११ औ महाधिबेशन एकताका लागि एन आर एन ए नेदरल्याण्डसका पूर्व अध्यक्ष हरी पौडेयालको बिशेष पहलमा मंगलबारका लागि अनतर्कृया आयोजना गरिएको बुझिन्छ ।

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसका सस्थापक अध्यक्ष सशी पौडेल तथा पूर्व अध्यक्ष हरी पौडेलले सामाजिक सन्जाल मार्फत उपस्थितीका लागि सार्वजनिक रुपमा आब्वाहान गरेका छन ।

कार्यक्रम २३ मे २०२३मंगलबार- ISOLATORWEG 29,1014 ASAMSTERDAM ,मा दिउसो ४ बजे देखि ८ बजे सम्म हुने जनाईएको छ ।

बेलायत र युरोपियएन देशहरुको भ्रमण सकी घले अमेरिकामा पुगे पछी बिभिन्न देशका एन आर एन एहरुबाट आएको सन्कलित सकारात्मक सुझाब सल्लाहानुसार एकताको महाधिबेशनको अन्तिममा निर्णय लिने बुझिएको छ ।

Please follow and like us: