मोना नेदरल्याण्डसले नेपाली नयाँ बर्ष २०८० सास्कृतिक साझ आयोजना गर्ने

नयाँ कुरा,बुधबार, १२ अप्रिल ,आमस्ट्रडम,

मोना नेदरल्याण्डसले १७ अप्रिल २००२३ सोमबार आमस्ट्रडममा नेपाली नयाँ बर्ष २०८० शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम  आयोजना गर्ने भएको छ ।

 

नेपाली नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम लाई भब्य रुपमा मनाउन मोना नेदरल्याण्डसले बिभिन्न उप-समिति बनाएर ब्यापक तयारी गरिरहेको छ ।

शुभकामना तथा सास्कृतिक साझमा स्थानिय कलाकार तथा नेपाल बाट युरोप भ्रमणमा रहनु भएका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने  जनाईएको छ ।

 सास्कृतिक साझमा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकार चन्द्र शर्मा ,धीरज राई ,समझना लामिछानेको बिशेष प्रस्तुती रहने जनाईएको छ ।

कार्यक्रम निम्न ठेगानामा रहने आयोजक सस्था मोनाले बताएको छ ।

स्थान- Rhone Events Rhoneweg 12-14,1043 AH Amsterdam
मिति-१७ अप्रिल २०२३
समय-१६:००-००:००

Please follow and like us: