प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलिया कार्यसमिती पुनर्गठन

नयाँ कुरा,१२ अप्रिल, बुधवार ,अष्ट्रेलिया
नेकपा एकीकृत समाजवादीनिकट प्रवासी सङ्गठन ‘प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलिया’ साबिकको कमिटी पुनर्गठन भएको छ ।
सामाजिक सन्जाल जुममार्फत् सम्पन्न बैठकले तत्कालीन अध्यक्ष राजनकुमार बस्नेतले सङ्गठनको हितविपरीत काम गरेको भन्दै मञ्चको साधारण सदस्यसमेत नरहने गरी कारबाहि गर्दै अच्युत शर्मा थपलियालाई मञ्चको अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
पुनर्गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पूर्ण लामिछाने, उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, उपाध्यक्ष तारालाल घिसिङ  महासचिव उद्धव खड्का र  कोषाध्यक्षमा सरोज नेपाली रहेका छन् ।
त्यस्तै सदस्यहरूमा हरिलाल लामिछाने, कमल देवकोटा , सीके भुसाल, विवेक अर्याल , अबानिस नेपाल , रमेस सोडारी, डा .ईभ धिसि, सुमन शर्मा , रञ्जन मैनाली, पुस्पा थापा, दीपक भुसाल, सुनिता दाहाल, मनिस पराजुली , अस्बिन केसी, विवेक श्रेष्ठ, सबिन गैजु, अंजल गोतामे , सुशील फुँयाल, रञ्जना घर्ती, प्रसिद्ध ढुङ्गेल रहेका छन् ।
२७ सदस्यीय नयाँ कार्यसमितिको सल्लाहकारहरूमा डा. राजु मानन्धर, भरत पन्त, नरेश थापा, सन्तोष पाण्डेलाई चयन गरिएको छ ।
Please follow and like us: