नेपाली स्कुल आमस्ट्रडमको शैक्षिक भ्रमण ऐतिहासिक

नयाँ कुरा ,मंगलबार ,११ अप्रिल ,आमस्ट्रडम,

आईतवार  नेपाली स्कुल आमस्ट्रडमले  अभिभाबक शिक्षक शिक्षिका तथा बालबालिकाहरुको सामुहिक, बिबिध शृजनात्मक  खेककुद तथा सास्कृतिक मनोरन्जनात्मक सहित  पहिलो शैक्षिक भ्रमण भव्य रुपमा मनाएका छन  ।

बिगत एक वर्ष देखि नेपाल म्युजिक फाउण्डेशन द्वारा नेदरल्याण्डसको आमस्ट्रडममा सन्चालित नेपाली भाषा, संगीत, नृत्य र योग तथा ध्यान स्कुलका बालबालिकाहरुको शैक्षिक भ्रमण भव्य रुपमा सफल भएको छ ।


Amstelveen को Bloesempark पार्कमा आयोजित कार्यक्रममा बालबालिका , अभिभावकहरुले पिक्निक, नाचगान र खेलहरु सहितको रोचक कार्यक्रम आयोजना गरेका थिए ।

दोस्रो पुस्तालाई नेपाली संस्कार र संस्कृतिमा जोड्न साथै मातृभूमी प्रतिको माया, ममता र सद्भावलाई केन्द्रित गर्दै आयोजना भएको यो नेदरल्याण्डसको लागि पहिलो कार्यक्रम भएकाले बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तातो- आलु, अण्डा लुकाई साथै अन्य खेलमा प्रथम, द्वित्तीय र तृतिय हुने आश्विनी कोईराला, परी खड्का, रशिद रेग्मी र प्रबेश गुरुगं लगायत अन्य बालबालिकालाई वरिष्ठ समाजसेवी तथा नेपाली समाज नेदरल्याण्डसका अभिभावक शशी पौड्याल बाट पुरस्कार वितरण भएको थियो ।

 

कार्यक्रम संचालन नेपाल म्युजिक फाउण्डेशनकी अध्यक्ष साबु पौडेल बाट भएको थियो भने नेपाली स्कुल प्रोजेक्ट संयोजक अम्बिका गिरी, योग शिक्षक रस्मिता पराजुली, नेपाली संगीत शिक्षक शरद जोशी, नेपाली भाषा शिक्षक सुर्य राज गिरी र नृत्य प्रशिक्षक मदन केसीहरुले पनि आफ्नो क्षेत्रमा योगदान पुर्‍याउनु भएको थियो ।


शैक्षिक भ्रमण कार्यक्रमलाई सफल बनाउन अभिभावकहरुको बिशेष भूमिका रहेको थियो । खानपिनको व्यबस्था देखि कार्यक्रम स्थलमा चाहिने सामाग्रीहरु सहितको ब्यवस्था गरि कार्यक्रम भरि खटेर लाग्नु भएका अभिभावकहरु सूनिल गुरुंग र चुंगी गुरुंग, बिक्रम थापा र पुजा थापा, अन्जु र गोकुल गुरुंग, देवि कोईराला, संसार र पबित्रा कोईराला, उत्तम र केनुजा कंडेल, सम्झना रेग्मी र रुपक रेग्मी, हरिहर थापा, दिपा र राम तामागं, सुजिता र अमित शर्मा, देवा शर्मा र परिवार साथै छिमेकी देश बेल्जियम देखि आउनु भएका मोहन के.सि. र परिवार साथै सहभागी अभिभावकहरु प्रति नेपाल म्युजिक फाउन्डेशनको कार्यसमितिको तर्फबाट साबु पौडेलले धन्यवाद पनि ज्ञापन गर्नु भएको थियो ।

यस शैक्षिक भ्रमण कार्यक्रम लाई ऐतिहासिक बनाउनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने समस्त अभिभावकज्युहरु र संस्थाका संरक्षक, सल्लाहाकार साथै सम्पुर्ण नेदरल्याण्डस् बासी प्रति पनि नेपाल म्युजिक फाउन्डेशनको कार्यसमितिले एकमुष्ठ आभार ब्यक्त गरेको थियो ।

Please follow and like us: