नेपाली भाषी ईन्जिनियर्स एसोसिएसन नेदरल्यान्डसको अध्यक्षमा सबिना श्रेष्ठ निर्वाचित

नयाँ कुरा ,मंगलबार ,२८ मार्च , द हेग ,

नेपाली भाषी ईन्जिनियर्स एसोसिएसन नेदरल्यान्डसको दोस्रो महाअधिबेशन बाट सविना श्रेष्ठको नेतृत्वमा पूर्ण कार्यसमिती सर्बसहमत निर्वाचित भएका छन ।

 

 

द हेगमा शनिबार सम्पन महा-अधिवेशनले महासचिवमा अनुराग भम्बानी, कोषाध्यक्षमा रेणुका गुरुङ श्रेष्ठ, संयोजकमा क्षितिज गौतम र केन्द्रीय सदस्यमा सुमन भट्टराई चयन गरेको छ ।

निवर्तमान अध्यक्ष डि पि शर्मा मैनालीले नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफलकार्यकालको शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा सस्थाको हरेक रचनात्मक काममा आफु सगै रहने बताउनु भयो ।

महा धिबेशनमा सस्थाका संरक्षक  हेम कुमार श्रेष्ठ, सल्लाहकार डा. निराजन ढकाल र संघका अन्य सदस्यहरुको समेत बिशेष उपस्थितिमा रहेको थियो।

ईन्जिनियर्स एसोसिएसन सन २०१९ जुन २३ तारिख देखि  नेदरल्यान्डसमा बसोवास गर्ने बौद्धिक ब्यक्तित्वहरुको पहलमा स्थापना भएको थियो ।

इन्जिनियर्स एसोसिएसनले कोभिड १९ को समयमा नेदरल्यान्डसमा उच्च शिक्षा गर्ने नेपाली बिधार्थीहरुलाई आर्थिक सहयोग तथा नेपालमा सिन्धुपाल्चोक जिल्लाको नेपाल हेल्थ पोस्टलाई सोलार प्यानल प्रोजेक्ट, NIC Nepal लाई आर्थिक सहयॊग गरेको थियो।

गत बर्ष नेपाल आविस्कार केन्द्रका प्रमुख डा. महाबिर पुनको उपस्थितिमा टि यु डेल्फट युनिभर्सिटिमा साइन्स कन्फेरेन्स गर्दै एसोसिएसनले नेपालको विकास र समबृद्धिकालागी नेपाली तथा बिदेशिहरु सँग अन्तरक्रिया गरेको थियो ।

यस्ता अन्तरकृयाले नेपाल र नेदरल्यान्डस बिच बैज्ञानीक तथा बौद्धिक सम्बन्धलाई पनि बिस्तार गर्न सफल भएको डि पि  शर्मा मैनालीले आफ्नो कार्यकाल सफल भएको बताउनु भयो ।

सस्था स्थापना भएको दुई बर्षमै नेदरल्यान्डसमा रहेका ५५ जना नेपाली इन्जिनियररहरु सस्थामा आबद्ध भएका छन ।

 

Please follow and like us: