नेदरल्यान्डसको राजनीति तथा निर्वाचन पद्दति साथै प्रदेशसभाको निर्वाचन १५ मार्च २०२३ मा हुँदै

 

नयाँ कुरा, शनिबार ,४ मार्च ,

 

नेदरल्यान्डसमा संबैधानिक राजतन्त्र छ । प्रशासनिक रुपमा यो मुलुकलाई तीन तहमा वर्गिकरण गरिएको छ जसमध्य १२ प्रदेश र ३४२ नगर वा गाउँपालिका छन । नेदरल्यान्डसमा संबिधानत राष्ट्रप्रमुख राजालाई नै मानिएता पनि प्रधानमन्त्रीले सरकारको नेत्रित्व गरेका हुन्छन ।

राष्ट्रिय स्तरमा १५० जनाको प्रतिनिधिसभा र ७५ जनाको राष्ट्रियसभा हुन्छ भने प्रदेशस्तरमा सम्बन्धित प्रदेशको जनसंख्याको आधारमा ३९ देखि ५५ जनाको प्रदेशसभा हुन्छ । त्यस्तैगरि स्थानिय तहमा ९ देखि ४५ जना सम्मको नगर- वा गाउँसभा हुन्छ ।नेदरल्यान्डसको संबिधान अनुसार हरेक चार वर्षमा निर्वाचन गर्नु पर्ने प्राबधाननुसार आगामी १५ मार्चमा प्रदेशतहको निर्वाचन हुँदैछ ।

प्रदेशसभाले राष्ट्रियसभाका प्रतिनिधि छनौट गर्ने व्यबस्था भएको हुँदा प्रदेशसभाको निर्वाचन पनि राष्ट्रिय सत्ता र शक्ती को लागि महत्वपूर्ण हुन्छ किनकी नेदरल्यान्डसमा कुनै पनि कानुन बन्नको लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुबैको बहुमत चाहिन्छ ।

यस पटकको निर्वाचनमा उठेका मुद्दाहरुमा आवास निर्मार्ण, नाइट्रोजन न्युनिकरण, मुल्य ब्रृधि, वातावरण संरक्षण, र अर्थतन्त्र छन । प्रदेशसभाको निर्वाचनमा प्रायजसो सबै राष्ट्रिय स्तरका र सयौ स्थानिय स्तरका दलहरुले भाग लिने गर्दछन ।

राष्ट्रिय स्तरका पार्टीहरुमा बिशेषगरि VVD, D66, PVV, CDA, PvdA, SP, Groenlinks, FvD, ChristenUnie, SGP, Volt र JA21 प्रमुख हुन ।

VVD नेदरल्यान्डसको सबैभन्दा ठुलो पार्टी र यस पार्टीको नेता मर्क रुट्ट हाल प्रधानमन्त्री छ ।

VVD को सिद्धान्त लिबेरल लोकतन्रवादी हो भने यसले पुंजिवादी धारणालाई समर्थन गर्दछ ।

D66 दोस्रो ठुलो पार्टी हो र यसको सिद्धान्त पूँजीवाद र समाजवाद बिचको लोकतन्त्रवाद हो ।

D66 ले शिक्षा र वातावरणलाई महत्वपूर्ण ठान्दछ भने अर्थतन्त्र मजबुत भयो भने वातावरणलाई पनि अधिकतम संरक्षण गर्न सकिन्छ भने हेतुले अर्थ र वातावरणलाई समानान्तर प्रार्थमिकता दिनु पर्छ भन्ने यो पार्टीको भनाइ छ ।

PVV को सिद्धान्त पनि लिबेरल लोकतन्त्रवाद नै हो तर यो पार्टीले स्वादेशीहरुलाई बढि प्रार्थमिकता दिन्छ र विदेशीहरुले यो पार्टीबाट अपहेलित भएको महशुस गर्दछन । सरकारसँग असन्तुष्ट जनताहरुले बिशेषगरि यो पार्टीलाई भोट दिने गरेको पाईन्छ । यो पार्टी का नेता Wilders हुन जुन दक्षिणपन्थी अतिवादी बाट परिचित छन ।

CDA को सिद्धान्त क्रिस्चियन लोकतत्रवाद हो भने यसले बिशेषगरि कृषि, स्वास्थ र परिवारिक जीवनलाई प्राथमिकता दिन्छ । नेदर्ल्याण्डमा सबै भन्दा लामो समय सत्ता चलाएको दल CDA हो तर अहिले यो पार्टी चौथो स्थानमा छ ।

PvdA श्रमिकहरुको हक र हितको लागि खोलिएको समाजवादी लोकतान्त्रिक पार्टी हो । PvdA पनि पूँजीवाद र समाजवादको बिचमा पर्छ तर अलि बढि समाजवादी धारणाबाट अभिप्रेरित छ । न्युनवर्ग, वातावरण र अर्थत्रन्त्रलाई यो पार्टीले बिशेष महत्व दिन्छ । सबै भन्दा बढि सत्ता चलाएको दोस्रो पार्टी हो PvdA तर अहिले यो पार्टी पाचौ स्थानमा छ ।

SP समाजवादी सिद्धान्तमा आधारित पार्टी हो र यसको पृष्ठभूमी माओवादी सिद्धान्तसँग जोडीएको छ ।

Groenlinks पनि समाजवादी सिद्धान्त मै आधारित पार्टी हो तर यसले वातावरणलाई प्राथमिकता दिन्छ भने SP ले सामाजिक समानतालाई प्रार्थमिकता दिन्छ ।

FvD एक पूर्ण पुंजिवादी पार्टी हो र यो पार्टीका नेता Baudet पनि दक्षिणपन्थी अतिवादी बाट परिचित छन र यो पार्टीले पनि स्वादेशीलाई प्रार्थमिकता दिन्छन ।

ChristenUnie र SGP क्रिस्चियन लोकत्रन्त्रिक पार्टी हुन भने Volt र JA21 नयाँ लोकत्रन्त्रिक पार्टीहरु हुन जहाँ प्रायगरि युवाहरुले नेतृत्व गरेका छ । प्रदेशसभाको निर्वाचनमा कुन पार्टी वा पार्टी उम्मेदवारलाई भोट हाल्ने भन्ने सम्बन्धमा मुलत आफ्नो व्याक्तिगत चाहना, सिद्धान्त र पार्टीका एजेण्डाहरुमा आधारित हुन्छ ।

१५ मार्चको निर्वाचन प्रदेशसभाको लागि भएकोले जुन पार्टीले आफु बसेको प्रदेशका मुद्दाहुरुलाई सबै भन्दा धेरै सम्बोधन गरेको छ सोहि पार्टीलाई मतदान गर्दा आफ्नो मत खेरा जादैन । डचहरुले सैधान्तिक मत भन्दा रणनितीक मत हाल्ने हुँदा आफ्नो बिचार र प्रार्थमिकतासँग मिल्ने पार्टी का योग्य ब्याक्तिलाई मतदान गर्ने गर्दछ । यस पटक कुन पार्टीले आफ्नो बिचार र आफ्ना प्रार्थमिकतालाई सबैभन्दा बढि सम्बोधन गर्छ भनि छुट्ट्याउनको लागि मतदाताहरुले ईन्टरनेटबाट सल्लाह लिन सक्छन ।

www.kieskompas.nl वा www.stemwijzer.nl जस्ता वेबसाईटहरुले सहि पार्टी छनौट गर्ने हेल्प गर्दछन ।

प्रायजसो डचहरूले सैधान्तिक मतदान भन्दा रणनितीक भोट हाल्ने हुँदा एउटै पार्टीले बहुमत ल्याउन सक्दैन फलस्वरुप मिलीजुली सरकार बनाउनु पर्नेहुन्छ । १८ वर्ष पुगेका नेदर्ल्याण्डको नागरिकता लिएका ब्याक्तिहरुले जनमत दिन पाउने प्राबधान नेदरल्यान्डसको मतदान ऐनले सुरक्षित गरेको छ ।

१५ मार्च २०२३ मा प्रदेशसभाको निर्वाचनको साथसाथै नेदरल्यान्डसको अर्को शासनसत्ता, जसलाई पानीराज्य (Waterschappen) भनिन्छ, को पनि निर्वाचन हुँदैछ ।

पानीराज्य नेदरल्यान्डसको एक स्वयत्तराज्य हो जसको आफ्नै कानुन र सत्ता छ जसले नेदरल्यान्डस सरकारसँग सहकार्य गरेर काम गरेको छ । नेदरल्यान्डस पानी मुनिको देश भएकाले र पानीसँग लडेर जुधेर मुलुक खाडा गरेको हुँदा पानीराज्यको आफ्नै प्रतिनिधिसभा छ । स्मरणहोस नेदरल्यान्डसको एक तिहाइ जमिन समुन्द्रको सतह भन्दा मुनि छ र मैले यो आर्टिकल टाईप गर्दा पनि समुन्द्रको सतह मुनीबाट गर्दैछु ।

लेखक शशी पौड्याल

अध्यक्ष नेपाल बिकास प्रतिष्ठान संस्थापक अध्यक्ष गैरआवासिय नेपाली संघ नेदरल्यान्डसका पुर्व आइसिसि सल्लहकार हुन ।

Please follow and like us: