नेदरल्यान्डसमा प्रदेशसभाको निर्वाचन १५ मार्च २०२३ मा हुँदै

नयाँ कुरा, शनिबार ,४ मार्च ,
शशी पौड्याल,
नेदरल्यान्डसमा संबैधानिक राजतन्त्र छ र प्रशासनिक रुपमा नेदरल्यान्डसलाई तीन तहमा वर्गिकरण गरेको छ जसमाध्य १२ प्रदेश र ३४२ नगर वा गाउँपालिका छन ।
नेदरल्यान्डसमा राष्ट्रप्रमुख राजालाई नै मानिएता पनि प्रधानमन्त्रीले सरकारको नेत्रित्व गरेका हुन्छन । राष्ट्रियस्तरमा १५० जनाको प्रतिनिधिसभा र ७५ जनाको राष्ट्रियसभा हुन्छ भने प्रदेशस्तरमा सम्बन्धित प्रदेशको जनसंख्याको आधारमा ३९ देखि ५५ जनाको प्रदेशसभा हुन्छ ।
त्यस्तै गरि स्ठानियतहमा ९ देखि ४५ जना सम्मको नगर वा गाउँसभा हुन्छ । नेदरल्यान्डसको संबिधान अनुसार ४,/ ४ वर्षमा निर्वाचन गर्नु पर्ने प्राबधान गरेनुसार आगामी १५ मार्चमा प्रदेशस्तरको निर्वाचन हुँदैछ ।
प्रदेशसभाले राष्ट्रियसभाका प्रतिनिधित्व छनौट गर्ने हुँदा प्रदेशसभाको निर्वाचन पनि महत्वपूर्ण हुन्छ । नेदर्ल्यान्डमा कुनै पनि कानुन बन्नलाई प्रतिनिधिसभा र राष्ट्रियसभाको बहुमत चाहिने हुन्छ । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा उठेका मुद्दाहरुमा आवास निर्मार्ण, नाइट्रोजन न्युनिकरण, मुल्य बृधि , बातावरण, प्रकृति , सुरक्षा र अर्थतन्त्र छन ।
प्रदेशसभाको निर्वाचनमा प्रायजसो १६ वटै राष्ट्रियस्तारका र सयौ स्ठानियस्तारका राजनीतिक दलहरुले भाग लिने गर्दछन ।
राष्ट्रियस्तारका पार्टीहरुमा बिशेषगरि VVD, D66, PVV, CDA, PvdA, SP, Groenlinks, FvD, ChristenUnie, SGP, Volt र JA21 प्रमुख हुन ।
VVD नेदर्ल्याण्डको सबैभन्दा ठुलो पार्टी हो र यसको सिद्धान्त लिबेरल लोकतन्रवादी हो भने यसले पुंजिवादी धारणालाई समर्थन गर्दछ ।
D66 दोस्रो ठुलो पार्टी हो र यसको सिद्धान्त पूँजीवाद र समाजवाद बिचको लोकतन्त्रवाद हो भने यस्ले शिक्षा र बातावरणलाई महत्वपूर्ण ठान्दछ ।
PVV को सिद्धान्त पनि लिबेरल लोकतन्त्र नै हो तर यो पार्टीले स्वादेशीहरुलाई प्रार्थमिकता दिन्छ र विदेशीहरुले यो पार्टीबाट अपहेलित भएको महशुस गर्दछन ।
CDA को सिद्धान्त क्रीस्चियन लोकतत्रवाद हो भने यसले बिशेषगरि कृषि, स्वास्थ र परिवारलाई प्राथमिकता दिन्छ ।
PvdA श्रमिकहरुको हक र हितको लागि खोलिएको समाजवादी लोकतान्त्रिक पार्टी हो र यो पार्टी पनि पूँजीवाद र समाजवादको बिचमा छ तर अलि बढि समाजवादी धारणा राख्दछ साथै न्युनवर्ग, बातावरण, प्रक्रिती र अर्थत्रन्त्रलाई यो पार्टीले बिशेष महत्व दिन्छ ।
SP समाजवादी सिधान्तमा आधारित पार्टी हो र यो पार्टीको पृष्‍ठभूमी माओवादी सिद्धान्तको छ ।
Groenlinks पनि समाजवादी सिद्धान्त मै आधारित पार्टी हो तर यसले बातावरण र सामाजिक समानतालाई प्रार्थमिकता दिन्छ ।
FvD पूर्ण पुंजिवादी पार्टी हो र यो पार्टीले पनि स्वादेशीलाई प्रार्थमिकता दिन्छ ।
ChristenUnie र SGP क्रीस्चियन लोकत्रन्त्रिक पार्टी हुन भने Volt र JA21 नयाँ पार्टीहरु हुन जहाँ प्रायगरि युवाहरुले प्रतिनिधित्व गरेका छ ।
प्रदेशसभाको निर्वाचनमा कुन पार्टीलाई भोट हाल्ने भन्ने सम्बन्धमा व्याक्तिगत चाहना र प्रर्थमिकतामा आधारित हुने गर्दछ । यो प्रदेशसभाको निर्वाचन भएको हुँदा प्रदेशका मुद्दाहुरुलाई सबै भन्दा बढि सम्बोधन गर्ने पार्टीलाई भोट हाल्दा आफ्नो भोट खेरा जादैन ।
डचहरुले जुन पार्टी एजेन्डाहरु आफ्नो सिद्धान्त र बिचारसँग मिल्दोजुल्दो छन त्यहि पार्टीको एक उमेदवारलाई भोट हाल्ने गर्दछन ।
१५ मार्च २०२३ मा प्रदेशसभाको निर्वाचनको साथसाथै नेदरल्यान्डसको अर्को शासनसत्ता जसलाई पानीराज्य (Waterschappen) भनिन्छ को पनि  निर्वाचन हुँदैछ । पानीराज्य नेदरल्यान्डसको एक स्वयत्तराज्य हो जसको आफ्नै नियम, कानुन र सिस्टम छ ।
Please follow and like us: