ईनासले युरोपस्तरीय पाँचौं एकल गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्ने

नयाँ कुरा ,शनिबार ,
२५ फेब्रुअरी ,लण्डन,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले युरोपस्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता आगामी अप्रिल १४ र १५ गते जर्मनीको म्युनिख शहरमा आयोजना गर्न लागेको छ।
ईनास जर्मनी तथा ईनास युरोपको संयुक्त आयोजनामा संचालन गरिने उक्त प्रतियोगितामा युरोप भरी छरिएर रहेका नेपाली कलाकारहरु सहभागी हुन पाउने छन्।
प्रतियोगितामा युके भित्रबाट पनि आन्तरिक प्रतिस्पर्धा गराई गायन र नृत्य विधाबाट एक, एक कलाकारको छनौट गरिने छ।
इच्छुक कलाकारहरुलाई नृत्य तथा गायन विधामा सहभागिताको लागि छोटो बायोडाटा सहित secretariat@inasuk.org मा मार्च २ तारिख भित्र इमेल पठाउन आयोजकले आग्रह गरेका छन् ।
त्यसरी आएका निवेदन उपर संस्थाको कार्यसमितीले मूल्यांकन गरि छनौटमा परेकालाई सम्पर्क गरिने ईनास ग्लोबलद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
युरोप तथा विश्व भरी नै चर्चा हुने तथा हेरिने उक्त कार्यक्रममा सहभागी भै आफ्नो ट्यालेण्ट देखाउन ईच्छुक कलाकारहरुलाई सहभागिताको लागि ईनास युकेले आव्हान गरेको छ।
आन्तरिक प्रतिस्पर्धाबाट छानिएका एक, एक कलाकारलाई ईनास युकेको तर्फबाट कार्यक्रममा सहभागी हुन जर्मनी पठाइने संस्थाका ईनास युकेका अध्यक्ष बिनोद चिपालुले जानकारी गराए ।
उक्त प्रतियोगिताबारे प्रचारप्रसार गरी सहयोग गरि दिन संस्थाका महासचिव सर्बेन्द्र अधिकारीले आग्रह गरेकाछन् ।
Please follow and like us: