गैर आवासीय नेपाली संघ नेदरल्यान्डसको बिशेष बार्षिक साधारण सभा सम्पन्न

नयाँ कुरा,मंगलवार,२१ फेब्रुअरी,

आमस्ट्रडम,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति नेदरल्यान्डसको १५ औं बार्षिक बिशेष साधारण सभा आमस्ट्रडममा सोमबार सम्पन्न भएको छ |

गैर आवासीय नेपाली संघ नेदरल्यान्डसका पूर्व तथा बर्तमान कार्यसमितीका पदाधिकारी , पन्जिकृत सदस्यहरु बिभिन्न संघ सस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सस्थाको आर्थिक, प्रगति प्रदिबेदन,महिला फोरम तथा समसोधित बिधान संघका अध्यक्ष मिम पुर्जा र गैर आवासीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष ,कार्यक्रमका प्रमुख अतिथी नारायण आचार्यले सामुहिक रुपमा हस्ताक्षर गरि उपस्थितिको पूर्ण समर्थनमा प्रस्तुत प्रतिबेदनहरु अक्षरस प्रमाणिकरण गरी प्रारित गरिएको छ ।

कार्यक्रममा बिशिष्ठ अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका युवा उपाध्यक्ष हिमाल गुरुङले पंजीकृत सदस्यहरुका सामाजिक भावनाहरु लाई सम्बोधन गर्दै आगामी दिनहरुमा अझ ससक्त रुपमा संगठन लाग्नुपर्ने र आगामी दिनहरुमा सबैको सहभागिताको अपेक्षा राखेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए |

बिशेष बार्षिक साधारण सभामा आईसीसी सदस्य टिकाराम सापकोटा, एनसीसी संरक्षक ठाकुर प्रसाद शर्मा ( मनोहरि )  गुरुङ समाज नेदरल्याण्ड्सका अध्यक्ष कृष्ण गुरुङ, जनसम्पर्क समिति  नेदरल्यान्डसका अध्यक्ष सालिक गौतम, ,एनसीसी सल्लाहकार प्रेमजंग गुरुङ,पत्रकार महासंघ युरोप साखाका महासचिव द्रोण रिजाल, ,थानेश्वर कंडेल,माधव कंडेल, भिम रोक्का साथै कार्यसमितिका पदाधिकारीहरु लगायत विभिन्न संघ संथाका प्रतिनिधिहरुले आगामी दिनहरुमा सस्थालाई अझ सामाजिक, सास्कृतिक , सिपमुलक, राष्ट्रिय तथा स्थानिय स्तरका लोककल्याणकारी योजना बनाउनु पर्ने भनाइहरु राख्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ नेदरल्यान्डसका अध्यक्ष मिम पुर्जाले निर्वाचित भए देखी नै एक समुहले आफ्नो कार्यकाल भरी भाझो हाल्ने गरी सामाजिक संजालमा देखिएका आर्थिक ब्यक्तिगत तथा सस्थाका बारेमा असन्तुष्ठिहरु र आरोपहरुको कुनै पनि उपयुक्त समयमा सार्वजनिक रुपमै जवाफ दिन तयार रहेको बताउनु भएको छ ।

पुर्जाले आगामी अधिबेशन लाई सन्केत गर्दै अझ ब्यबस्थित र सम्सोधित बिधाननुसार नै कार्यसमितिको आगामी बैठकले बिशेष साझा ठोस निर्णय गरी अगाडि बदने धुमाउरो सन्केत पनि गर्नु भएको छ ।

Please follow and like us: