गैर आवासीय नेपाली संघ नेदरल्यान्डसको कार्यकाल ४ महिना बाँकी रहदै गर्दा- बिशेष साधारण सभा गरिने

नयाँ कुरा,१७ ,फेब्रुअरी, २०२३ ,

आमस्ट्रडम ,

गैर आवासीय नेपाली संघ नेदरल्यान्डसले २०, फेब्रुअरी २०२३ सोमबार का दिन बिशेष वार्षिक साधारण सभा गर्ने भएको छ ।

संघको कार्यकाल ५ महिना बाँकी रहेको छ । कार्यकाल सकिनै लाग्दा गर्न लागिएको साधारण सभालाई बिषेष महत्त्व का साथ हेरिएको छ ।

संघले २० महिनामा भए गरेका प्रगति विवरण,राजदुताबास सँग मिलेर गरेका काम विवरणहरु प्रस्तुत गर्ने छ ।

सस्थामा परेका उजुरी ,समाधान ,कार्वाही तथा निर्वाचित हुँदै गर्दा गरेका वाचा तथा गत चुनावी माहोलमा प्रस्तुत एजेण्डाहरुको समिक्षा लगाएत आगामि कार्यकालको निर्वाचनका बारेमा छलफल हुने आकलन गरिएको छ।

सभामा बिभिन्न संघ सस्था तथा साधारण सदस्यहरुलाई बिशेष उपस्थितीका लागि पत्रचार गरेको महासचिब सीता कुमारी क्षेत्रीले हाम्रा संवाददाता लाई जानाकारी दिनु भएको छ ।

 

 

मिति-२० ,फेब्रुअरी- २०२३

स्थान-BALBOASTRAAT 24,1075VW,AMSTRADAM

(KATHMANDU KITCHEN)

समय-१२:००-१७:०० बजे

Please follow and like us: