बडा दशैंको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वाराशुभ कामना

काठमाडौँ ,जीएनएन,

५ अक्टुबर ,बुधबार ,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा विश्वभर रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेकी छन् ।

उनले दशैं पर्वबाट न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणमा उत्साह, उमंगका साथ क्रियाशील रहन प्रेरणा मिलोस् भनी कामना पनि गरेकी छन् ।

बडादशैं २०७९ को अवसरमा शुभकामना दिँदै प्रधानमंत्री शेर बहादुर देउवाले चाडपर्व नेपाली समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताएका छन्। उनले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरे।

प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ।

यसैगरी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने दशैं जस्तो चाड अरू मुलुकमा नभएको बताएका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह पनि गरेका छन्।

बिदेशमा रहेका नेपालीहरुले पनि आफ्न्त्त तथा आफुभन्दा ठुला बडा बाट टिका जमारा लागाएर बडा दसैं मनाएका छन । यो सस्कार पुषतान्तरनका लगी पनि महात्तवपूर्ण रहेको प्रवासी नेपालीहरु बताउछन ।

Please follow and like us: