प्रवासी नेपाली एकता समाज नेदरल्यान्डसको प्रथम महाधिबेशन बाट अमिर गुरुङ सर्बसहमत

जुलाई ,७ ,२०२२ ,नया कुरा ,आमस्ट्रडम,

प्रवासी नेपाली एकता समाज नेदरल्यान्डसको प्रथम महाधिबेशन अमिर गुरुङको अध्यक्षतामा १७ सदस्सिय कार्यसमिती सर्बसहमत आइतबार आमस्ट्रडममा गठन भएको छ ।

प्रवासी नेपाली एकता समाज को प्रथम महाधिबेशन राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय उपाध्यक्ष तथा सचिबालय प्रमुख हेम जङग गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रवासी नेपाली एकता समाज नेदरल्यान्डसले गरेका सामाजिक कामहरुको प्रसम्शा गर्दै हेम जङग गुरुङले प्रवासमा रहेका समपूर्ण नेपालीहरु सँग हाते मालो गर्दै पार्टीका गतिबिधी अझ ब्यापक तथा बिस्तार गर्न सुझाब  दिनु भएको छ ।

महाधिबेशनमा गैर आवासिय नेपाली संघ तथा बिभिन्न दलका भात्री संगठनहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

नब गठित कार्य समितीहरु:-

अध्यक्ष -अमिर गुरुङ
वरिष्ठ उपाध्यक्ष -कुश बजगाई
उपाध्यक्ष- लक्ष्मी थापा
महासचिब -सुरेश कुवर
कोषाध्यक्ष -कमल पोखरेल
सचिब -यज्ञन घर्ती
सह कोषाध्यक्ष -लक्ष्मी गुरुङ
सदस्यहरु – कृष्ण पराजुली
-प्रेम पुन
-बिकास गौतम
-बिष्णु माया गुरुङ
-मिना बजगाई
-शुकमाया गुरुङ
-हरी प्रसाद गुरुङ
-ज्ञानेद्र आले
-किशोर पाण्डे
-लक्षमण घले,

अध्यक्ष अमिर गुरुङ नब – निर्वाचित भए लगत्तै हाम्रा समबाददाता सँग कुराकानी गर्दै प्रवासी नेपाली एकता समाजले नेदरल्यान्डसमा रहेका सम्पूर्ण संघ सस्था सँग मिलेर नेपालीहरुको सुख दु:खमा काम गर्ने बताउनु भएको थियो ।

प्रवासी नेपाली एकता समाज नेदरल्यान्डस गठन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा नि बर्तमान अध्यक्ष  बिक्रम बानिया लाई हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देलले बिक्रम बानिया लाई प्रवास बिभागको सदस्यमा मनोनित गर्नु भएकोमा खुशी ब्यक्त गर्दै कार्यकाल सफलताको कामना ब्यक्त गर्नु भएको छ ।

बानियाको मनोनितले बिदेशमा रहेका पार्टीका सम्पूर्ण कार्यक्रताहरुलाई गोलबद्ध हुँदै पार्टी बिस्तार हुने कुरामा विश्वाश लिएको छ ।

Please follow and like us: