नेपाल म्युजिक फाउण्डेसन नेदरल्याण्ड्सद्वारा संन्चालित पहिलो चरणको मादल कक्षा समापन।

नयाँ कुरा , आमस्ट्रडम, २,जुलाई ,शनिबार ,

नेपाल म्युजिक फाउण्डेसन नेदरल्याण्ड्सले जारी गरेको पूर्व सूचना बमोजिम नेदरल्यण्ड्सबासी नेपाली समूदायका वालवालिकाहरुलाई नेपाली लोकप्रिय संगीत वाद्द-
वादन मादलको प्रथम चरणको प्रारम्भिक प्रशिक्षण कक्षा सफलतापूर्वक सम्पन्न गरेको छ।

शिलन्यास र उद्घाटन निकै उल्लासपूर्ण वातावरणमा गरिने र तत्पश्चात सर्वसाधारणमा कुनैजानकारी वा प्रगति विवरण पनि नदिइ गुपचुपमा रहने प्रचलनको परम्परा तोड्दै सबैमा सूचना गरी सार्वजनिक गरेको सूचना अनुसारकै समयमा कुनै तामझाम आसन, भाषण बिना संचालन गरेको कक्षा समयमै सम्पन्न गरिएको यो पहिलो चरणको समापन भने औपचारिक रुपमा २६ जुन २०२२ आइतवार का दिन आम्स्टर्डम स्थित प्रशिक्षण हलमा गरिएको थियो।

नेदरल्याण्डवासी नेपाली बालबालिका, अभिभावकहरु, संस्थाका संरक्षकहरु, सल्लाहकारहरु लगायत नेपाली समुदायका अग्रज व्यक्तित्वहरुको उपस्थितिमा यस कार्यक्रमलाई प्रत्यक्ष र  परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने संस्थाका संरक्षक, सल्लाहकार, प्रशिक्षक, कार्यक्रम संयोजक, सम्पूर्ण अभिभावक लगायत नेपाली समुदायहरुलाई आभार प्रकट गर्दै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो।

सस्थाकी अध्यक्ष सावु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख-अतिथि तथा संस्थाका संरक्षक शशी पौड्याल, सल्लाहकार उत्तम कंडेल, डि पि मैनाली, राजेन्द्र कंडेल, प्रशिक्षक शरद जोशी, अभिभावकका तर्फ बाट सूर्यराज गिरी, संसार कोइराला द्वारा मन्तव्य वयक्त गरिएको थियो।

संस्थाकी सदस्य अम्बिका गिरी ज्यू बाट समापन कार्यक्रममा उपस्थितजनहरुलाई स्वागत गर्दै आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका महा-सचिव राजेन्द्र शर्माद्वारा गरिएको थियो।

इच्चुक अभिभावक तथा वालवालिका भएमा नयाँ वालवालिकालाई पहिलो चरणको र पहिलो चरणको कक्षा लिइसकेका वालवालिकालाई दोश्रो चरणको कक्षा गर्मी समयको विदा सकिए लगत्तै संचालन गर्न सकिने कुराको जानकारी संस्थाका महा-सचिव राजेन्द्र शर्माद्वारा दिइएको थियो।

प्रयाप्त विधार्थी भएमा आमस्टर्डम मात्र नभै नेदरल्याण्द्सका अन्य शहरहरुमा पनि कक्षा संचालन गर्न सकिने हुँदा इच्चुक अभिभावकहरुले समयमै सम्पर्क गर्नु
हुन पनि अनुरोध गरिएको छ।

Please follow and like us: