लेखक तथा साहित्यकार डि पि शर्मा मैनालीको आमा हुँ ,तिम्रो बाबा हुँ तिम्रो गीत सार्वजनिक

आमस्त्रडम,बुधबार १५ जुन, नयाँ कुरा,

लेखक तथा साहित्यकार डि पि शर्मा मैनालीको आमा हुँ ,तिम्रो बाबा हुँ तिम्रो गीत गत हप्ता युटुब मार्फत सार्वजनिक भएको छ ।

गीतमा संगीतिक रुपमा पारिवारिक मिलन बिछोड र अपार मायाले भरिएको छ ।

संगितमा प्रेम उप्रेतीले म्युजिक कम्पोज र कर्म ग्याल्चेन , पबित्रा र बिनुसाको स्वर रहेको छ ।

 

 

 

 

म आमा हु तिम्रो म बाबा हु तिम्रो, आज किन पराइ ठान्छौ मलाई, कतिन्जेल बाँच्नु ए दैव भित्रि मन जलाई-भित्रि मन जलाई |
मैले तिम्रा लागि फराकिला बाटाहरु खनें, कहिले गुण कहिले ज्ञानका श्रोतहरु बनें, किन रोज्छौ यति साँघुरो गोरेटोलाई किन ठान्छौ यति अज्ञानी तिमि मलाई |
इश्वरीय मातृ रुप बाबा तिम्रो भई रहें,छाती फुटाई कति चोटहरु कति सहि रहें -कति सहि रहें|
किन यति तुच्छ सम्झन्छौ तिमि मलाई, किन यति पराई बनाउछौ तिमि मलाई |
राखेस है मेरो बचन संघालेर बाबु तिमीले, ओखती बन्ने छन् ति सम्झेर बाबु तिमीलाई !
बाँकी के नै छ र म मा दीन अब बाबु तिमीलाई ?
केवल छन आशिर्वादहरु मेरा बाबु तिमीलाई | म आमा हु तिम्रो म बाबा हु तिम्रो |

Please follow and like us: