गैर आवासिय नेपाली संघको १०औ माहधिबेशनका लागि कोषाध्यक्ष पदमा फणिन्द्र पन्तको घोषणा पत्र सार्बजनिक

नयाँ कुरा आमस्त्रडम,सोमबार,

गैर आवासिय नेपाली संघको १० औ महाधिबेशनका लागि कोषाध्यक्ष पदमा बिबिध योजनाका साथ फणिन्द्र पन्तको उम्मेदवारी दर्ता भएको छ ।

पन्त  एन आर एनको एउटा सकृय, शृजनात्मक कला भएको अभियान्ताका रुपमा परिचित छन ।

पन्तका योजनहरु जस्ताको त्यस्तै

आदरणीय पत्रकार मित्रहरु तथा गैर आबासीय नेपाली संघ दशौ बिश्वो सम्मेलनका प्रतिनिधिहरु साथै सबैआम नेपाली समुदाय , हार्दिक नमस्कार !
 
 
 

याँहाहरु मार्फत यस खालको जानकारी पस्कदै गर्दा मेरो सामाजिक प्रयासले जोडेको हामी , हाम्रो कार्य र सम्भाबनालाइ केहि तथ्यगत रुपमा खोल्ने छ भन्ने उम्म्मिद राखेको छु।

गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष पदमा उम्मेदवारी एक बिशेष परिस्थितिको अबस्थामा दिएको छु । यहि मार्च २४ र २५ तारिकका दिन हुनलागेको संघको दशौ महाधिवेशनबाट कार्यकाल २०२१-२०२३ लागि चयन हुने कार्यसमितिमा अधिबेशनको लामो अनिश्चितता पश्चात निर्बाचन समितिले उम्मेदवारीको अन्तिम मिति पछि पनि तिन दिन थपेको अन्तिम दिन , अन्तिम समयमा संस्थाको मर्यादा , प्रक्रियाको सम्मान र बिधि स्थापित गर्न कोषाध्यक्षमा मेरो उम्मेदवारी परेकोले निकै महत्वपूर्ण रुपमा हेरिएको पाइएको छ ।

 खुला प्रतिस्प्रधा र नियम संगत निर्बाचनमा बिश्वास गर्छु। संस्थाको मूल्य मन्येतामै आंच आउने गरि , जन बिश्वास बिपरित , स्थापित मूल्य र मन्येतालाइ कुल्चेर निर्बाचनलाइ बिथाल्ने कार्य नगर्न सम्पूर्ण सम्बन्धित सरोकारलाइ अनुरोध गर्दछु। अबको तोकिएको निर्बाचन प्रक्रिया सम्पन्न हुनु पर्छ र तत् पश्चात समुहगत रुपमा संयुक्त बिद्रोह गरेका साथीहरुलाई निश्चित समय अबधिमा समायोजन गर्न सकिने गरि अधिबेसन बाट ब्यबस्थागरी एकता र सहमति गर्न सकिन्छ। बिसेष कार्यदल बनाएर बिधानका केहि कमजोरी भए सुधारेर मात्र पहिला एकताको बिधान अधिबेसन २०२२ मा पुन गर्ने र तत् पश्चात निर्बाचन गर्नु पर्दछ भन्ने मेरो राय रहने छ।

विषम परिस्थिति र अविश्वासको खाडल रहेको बेलामा संस्थामा पूनर्विश्वास सिर्जना गर्ने र सबैलाई जोड्ने मुख्य मुद्दा सहित एनआरएनएको मूख्य संस्थागत परिचय “सामाजिक परोपकारी संस्था “नै हुनुपर्छ भन्दै आसन्न निर्बाचनमा “कोषाध्यक्ष” को पदमा दाबेदारी गरेका छु । संस्थाको निरन्तर सुधार हुने क्रममा भएका धेरै त्यसैले पनि आफू निर्वाचित भए संस्थाको प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने, लाखौ नेपालीको परोपकारी भावना एकत्रित गर्दै नेपालीको क्षमता विकास, सामाजिक उद्यमशीलता मार्फत पोस्ट कोभिड- रोजगार सहयोग तथा संस्थागत परोपकारमा प्रवासी नेपालीको अनुदानलाई आगामी दुई वर्षमा वार्षिक रुपमा दोब्बर गर्ने स्पस्ट आर्थिक – सामाजिक चित्र तयार रहेको छ।

श्रोत तथा आर्थिक बिनियोजन झलक :

  • सम्ब्रिदी- योजनाहरु सामाजिक उद्देम्शिलता मोडेलमा संचालन गर्ने। जसबाट पोस्ट कोभिद अबस्थाको आकलन गरि नेपालमै एक कार्यकालमा २० हजार रोजगार श्रीजना गरि नेपाल फर्कन चाहने आप्रबासी कामदार लाइ ब्यबसायिक वा स्वोरोजगारी बनाउन मद्द्दत गर्ने। संस्थाले ३० % बजेट बिनियोजन गर्ने।
  • सुरक्षा – प्रबासका नेपालीको सुरक्षित र सम्मानित अवस्थाको लागि संस्थाले आफ्नो बजेटको ३० प्रतिसत राष्ट्रिय समन्वय परिषदकै मातहतमा खर्च गर्ने व्यवस्था गर्ने। साथै नेपाली भाषीलाई लक्षित गरि ग्लोबल डिजिटल प्रथम तह केयेर संचालन गर्ने।
  • समर्पण – मातृभूमि प्रतिको माया र समर्पण कार्यक्रमहरु; प्रबासबाट नेपालमा संचालित हुने आपतकालीन , अल्पकालीन वा दिर्घकालिन परोपकारी कार्य तथा प्रबिधि हस्तान्तरण तथा नलेज भ्याली संचालन गर्न साथै राष्ट्रिय आविस्कार केन्द्र जस्ता संस्था संग सहकार्यमा नाबप्रबर्तन मा २० % बजेट बिनियोजन गर्ने साथै श्रोत जुटाउने।
  • बिबिध: १० % खर्चसंस्थाको ब्यबस्थापनमा मितव्ययीता अपनाउने साथै 
  • निरन्तर विकास : १० % संस्थाको निरन्तर विकास को लागि बिनियोजन गर्ने लक्ष राखिने छ।

“सम्ब्रिद्दी, सुरक्षा र समर्पण” यो मुलमन्त्र लाइ अध्यक्ष उम्मेदवार रबिना थापा जी को निर्बाचन स्लोगन/पोस्टर बाट लिएको मा उहालाई धन्यबाद छ।

सम्ब्रिद्दी।।।। अध्यक्ष उम्मेदवार डा बद्रि के सी जी पोस्टरमा पनि रहेको उल्लेख गर्दछु। संस्था रुपान्तरण को क्रम मा तिब्र गतिमा लागिसकेको मा “संस्था रुपान्तरण ब्यबस्थापन ” मा नेत्रित्वोको योजना मा श्रोतको समुचित ब्यबस्थापन र पारदर्शिता को मुख्य जिम्मा कोषाध्यक्ष पदमा निहित भएको हुन्छ। तेस्को लागि प्रतिबद्द हाम्रो पाइलामा याँहाको साथको लागि हार्दिक आभार छ।

अन्तमा, आम जनमानसमा ब्याप्त निराशा , संका लाइ केहि हद सम्म भएपनि कम गर्न म एक प्रक्रियामा सहभागी कोषाध्यक्ष पदमा उम्मेदवार रहेको हैसियेतमा आम सदस्यहरु , प्रतिनिधि साथीहरु , एन सी सी हरु, संचालकहरु , कर्मचारीहरु तथा संस्थापकहरु प्रति स – धन्यबाद , निर्बाचनको प्रक्रियालाइ निर्विकल्प रुपमा संस्थाबाट नै समापन गर्न मेरो सहयोग , समर्थन रहेको जानकारी गरौँ भन्ने उदेश्यकासाथ यो बक्तब्य जारी गरिएको छ।

 
 

– भवदीय

फणिन्द्र पन्त

कोषाध्यक्ष पदमा उम्मेदवार

21 March, 2022

Please follow and like us: