नेपाली व्यवसायी संघ नेदरल्याण्डले ब्यापार दिबस भेला आयोजना गर्ने

 

नयाँ कुरा, २३ मार्च,बुधबार आमस्ट्रडम,

नेपाली व्यवसायी संघ नेदरल्याण्डको पहिलो बैठक बाट सस्थालाई शृजनात्मक काम गर्न केही महत्तवपूर्ण निर्णय भएका छन ।

नेपाली व्यवसायीहरूको हक, हित र सहयोगको लागि स्थापित संस्था नेपाली व्यवसायी संघ नेदरल्याण्ड-भीनोन (Vereniging van Nepalese Ondernemers in Nederland -VNON) ले आफ्नो दोर्स्रो महाधिबेशन बाट निर्वाचित नयां कार्य समितिको पहिलो औपचारिक बैठक सम्पन्न भएको हो ।

अध्यक्ष जीएन देवकोटा(अमिर)को अध्यक्षतामा बसेको उक्त पहिलो कार्यकारी बैठकले नेदरल्याण्डमा रहेका नेपाली उद्यमीहरूको हक, हित र सहयोगका लागि थुप्रै महत्वपूर्ण  निर्णयहरू गरेको छ।

बैठकले छिट्टै नै एक सार्बजनिक रुपमा बृहत भीनोन व्यापार दिवस (VNON Business Day) मनाउने निर्णय गरेको छ भने उक्त दिवसमा नेदरल्याण्डमा रहेका नेपाली उद्यमी, स्थानिय एसियन देशका उद्यमीहरू,नेदरल्यान्सका सरकारी प्रतिनिधीहरू र सामाजिक तथा बिशिष्ट व्यक्तिहरूको उपस्थिती रहने जानकारी संघका महा – सचिव आर के सुबेदी ले जानकारी गराएका छन ।

समितिले नेपाली व्यवसायीहरूको हक, हित, सहयोग र प्रबर्धनका लागि भीनोनले अहिले समक्षिप्त कार्ययोजनाहरू ल्याएको बताएको छ। जस अनुसार भीनोनले आगामि भविष्यमा उद्यमीहरूको लागि डिजिटल प्रविधिको बिकास र बजार व्यवस्थापन गर्न सहयोग गर्ने, ग्यास र बिजुली जस्ता वस्तुहरूमा सामूहिक छुटको लागि पहल गर्ने, उद्यमीहरूको खरिद-बिक्रीलाई सहजीकरण गर्न नेपाल डिलर होमको स्थापना गर्ने आदि प्रमूख कार्यहरू गर्ने छ।

उक्त बैठकले बीस हजार यूरो (€20,000) प्रारंभिक पूजी रहेको “भीनोन अक्षय कोषको” स्थापना गरेर एक महत्वकान्क्षी निर्णय समेत गरेको छ।

भीनोनका अनुसार उक्त रकम भीनोनमा सदस्य रहेका नेपाली उद्यमीहरूलाई आवस्यकता अनुसार सर्बसुलभ रुपमा सस्थाका सदस्यहरु बिच लगानी गर्न सहुलियत रुपमा भोग चलन गरिने भएको छ ।

भीनोन अक्षयकोषमा सबै उद्योगी-व्यवसायीहरूको सहयोगको अपेक्षा रहेको र हालसम्म सहयोग गर्ने दाताहरू निम्न अनुसार रहेको जानकारी अध्यक्ष देवकोटाले दिएका छन्ः

१. नेपाली व्यवसायी संघ भीनोन – €५००
२. शशी पौड्याल – € ५००
३. जीएन देवकोटा – € ५००
४. हिमाल ओझा – € ५००
५. सुमन काफ्ले – € ५००
६. आरके सुवेदी – € ३००
७. डिल्ली कडेल – € १००

बैठकले आफ्नो संरचना विस्तारका लागि नेदरल्यान्डस निवासी नेपाली व्यवसायी तथा सामाजिक अभियन्ता शशी पौड्याल प्रमुख संरक्षक रहने र हरेक निवर्तमान अध्यक्षहरू स्थायी सदस्य रहने गरी स्थायी रूपको भीनोन संरक्षण परिषद गठन गरेको छ।

यसै गरि नेदरल्याण्डमा रहेका नेपाली तथा भूटानी सफल व्यवसायीहरू र गैर-राजनीतिक सामाजिक अभियन्ता एवं उच्च दक्ष विद्वानहरू सम्मिलित एक बिशिष्ट भीनोन सल्लाहाकार परिषद समेत गठन गर्ने जानकारी दिईएको छ।

अन्यमा भीनोनको नयां कार्य समितिले थालेका यी रचनात्मक एवं शृजनात्मक कार्यक्रमहरूलाई सबै नेदरल्याण्डबासी नेपाली उद्यमीहरुको साथ, सहयोग र समर्थन मिल्नेछ भन्ने विस्वास लिएको कुरा अध्यक्ष देवकोटाले बताएका छन्।

Please follow and like us: