नेदरल्यान्डसमा नेपाली ब्यबसायी संघको अध्यक्षमा अमिर देबकोटा सर्बसहमत निर्वाचित

नया कुरा,आमस्ट्रडम बिहिबार,

नेपाली ब्यबसायी संघ नेदरल्यान्डसको दोस्रो महाअधिबेशन बिहिबार जुम मार्फत अमिर देबकोटाको नेत्रित्वमा सर्बसहमत सम्पन भएको छ्।

संघका अध्यक्ष् श्रीराम कंडेलको सभापतिमा नेदर्ल्यान्डसमा रहेका २५ ब्यबसायीहरुको बिच बाट कार्यसमिती चयन गरिएको छ ।

देबकोटा लामो समय देखी नेदरल्यान्डसमा रेस्टुरेन्ट ब्यबसायी गर्दै आईरहेका छन ।

सर्बसहमत कार्यसमितीको पुरा विवरण 

कार्यक्रम सशी कान्त पौडेयालको प्रमुख आतिथ्यातामा सम्पन भएको थीयो भने नेदर्ल्यान्द्समा रहेकाब्यबसायी तथा बिभिन्न संघ सास्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका सभापति कंडेलले आफ्नो कार्यकालमा सस्था स्थापना गरी बिधिबत रुपमा दर्ता , बिधान निर्माण तथा सस्थाले आगामी दिनहरुमा गर्न सक्ने योजनाहरुको ब्यापक खोजी गरिएको तर माहामारी कोरोनाका कारण सोचेजति हुन नसके पनि आगामी कार्यकालमा सँग सँगै आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा निर्वाचन सम्योजक पौडेयालले कार्यसमिती सर्बसहमत बनाउन सहयोग गर्नु हुने सम्पुर्ण ब्यबसायिहरुको प्रसम्शा गर्नु भयो ।नेदर्ल्यान्डसमा झन्डै १०० नेपाली ब्यबसायीहरुरहेको अडकल गरिएकोछ ।

नबनिर्वाचित अध्यक्ष देबकोटाले सम्पूर्ण ब्यबासायिहरु सँग छिट्टै बृहत छलफल गरी सस्थाले तयगरेका तथा नयाँ योजनाहरु प्रस्तुत गरी सस्थाको गरिमा अन्य छिमेकी देशका सस्थाहरु सरह काम गर्ने इक्ष्या तथा सबै ब्यबसायीहरुको अनुरोधलाई सभापति पद स्विकारेको बताउनु भयो ।

Please follow and like us: