नेपालि कांग्रेसको सभापतिमा शेर बहादुर देउबा निर्वाचित

नयाँ कुरा, आमस्त्रडम ,बुधबार,

नेपालि कांग्रेसको सभापतिमा शेर बहादुर देउबा दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित भएका छन ।

नेपालि कांग्रेसको १४ औ महाधिबेशनबाट भारिमतका साथ शेर बहादुर देउबा निर्वाचित भएका छन । पहिलो चरणमा ५ जना सभापति पदका लागि प्रतिस्प्रधि थिय। नेपालि कांग्रेसको बिधाननुसार जम्मा मतको ५१ प्रतिशत ल्याउनु पर्ने रहेकाले दोस्रो चरणको निर्वाचन गर्नु परेको थियो। शेर बहादुर देउवा र शेखर कोइराला बिच सभापतिका लागि पुन निर्वाचन भएको थियो ।

२७३३ मतका साथ शेर बहादुर देउबा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । सभापतिका प्रतिशप्रधि कोइरालाले १८५५ मतका साथ उपबिजेता भएका छन ।

देउबाले ५९ प्रतिशत मत प्राप्त गरे भने कोइरालाले ४१ प्रतिशत मत प्राप्त गरेका छन । पहिलो चरणका प्रतिशप्रधि बिमलेन्द्र निधि,प्रकाशमान सिह,कल्याण गुरुङले देउबालाई समर्थन गरेका थिय।

पदाधिकारि तथा अन्य पदहरुको मतगणा पार्टि कार्यालयमा गन्न सुरु गरिएको छ भने पुर्ण कार्यसमितिहरुको रिजल्ट आउन केहि दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

Please follow and like us: