नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन भएको पूर्व अध्यक्षहरुले थाहा नै पाएनन ?

नयाँ कुरा,शुक्रबार ,आमस्त्रडम,

नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन एकल पक्ष भएको पूर्व अध्यक्ष तथा महासमिती प्रतिनिधिहरुले चासो देखायका छन। यसले सस्थालाई बिधी र बिघान बिपरित न गर्न न गराउन सरोकारवाला लाई सचेत बनाएका छन ।
नेपाली जनसंपर्क समिती नेदरल्यान्डसको छैटौ महाधिबेशन गत आईतबार भौतिक तथा सामाजिक सन्जाल जुम मार्फत सम्पन्न भएको थियो ।

 

प्रेस नोट जस्ताको त्यस्तै

जनसम्पर्क समिती(जसस) नेदरल्याण्ड्सको अधिवेशनलाई फर्केर हेर्दा।
जनसम्पर्क समिती नेदरल्याण्ड्स कुनै वेला एनआरएनए भन्दा ठुलो थियो।
जसस नेदरल्याण्ड्सको ईतिहासमा यस अघिका अधिवेशनमा नेदरल्याण्ड्स स्थित सबै नेपाली संघ संस्थाहरुलाई आमन्त्रित गरेर, सबै नेपाली जनसमुदायलाई खुल्ला निमन्त्रणा गरेर, सके सम्म सहमतिमा नसके जससमा प्रतिनिधित्व गर्न चाहनेहरुलाई उम्मेदवारी खुल्ला गरेर प्रजातान्त्रिक प्रकृयाद्वारा नेत्रित्व चयन गरिने अधिवेशन यस पटक भने कसैलाई कानो कान खबर सम्म नगरि प्रतिबन्धित पार्टीको मासिक बैठक जसरी गुपचुपमा सम्पन्न गरियो।
जससका पूर्व सभापतिहरु, महासमिती सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु लगायत जसस नेदरल्याण्ड्सको लामो ईतिहासमा निरन्तर योगदान गरेका व्यक्तित्वहरु, पत्रकार, समाजसेवी लगायतमा कुनै खबर पुगेन।
गत पाचौं अधिवेशन ५०० भन्दा बढी सदस्यहरुको विचमा गराइएकोमा यस पटकको अधिवेशनको आव्हान प्रकृया देखी नै प्रपञ्च रचियो।
अधिवेशन अव्हान गर्ने प्रयोजनको निमित्त बैठक बस्ने २४ घण्टाको समय पनि नदिइ बैठक बोलाई,  तोकिएको समयमा बैठक नबसी उपस्थित सदस्यहरु लाखापाखा लागेपछि २१ जनाको कार्यसमिती सदस्यमा एनआरएनए मा प्रतिनिधित्व गर्नको लागि पूर्ववत राजिनामा पेश भैसकेर एनआरएनए को कायसमितिमा पदाधिकारी रहेका ३ जना समेत गणना गर्दा जम्मा ९ जना मात्रको न्यून  उपस्थितिमा मनोमानी तवरले निर्णय गरिएको रहेछ। एक व्यक्ति एक पदको अवधारणा र विधानको पुरै बर्खिलाप गरिएको छ।
अर्को तर्फ अधिवेशन सम्पन्न गर्न को कसको संयोजकत्वमा के कस्ता समिती उप-समितीहरु गठन भए सो को समेत जानकारी दिइएन।
अधिवेशनको पूर्वसन्ध्यामा मात्र प्रकाशित निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसारको सदस्यताको नामावली प्रकाशन, उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन, त्यस उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचन र अधिवेशनका लागि गरिनु पर्ने कुनै पनि औपचारिकता पूरा नगरि भित्र भित्रै उमेदवारी मागेर एकल उम्मेदवारी पारेर गणतन्त्रीय द्रव्य शाह बनाउने कार्य गरियो। बाहिर सार्वजनिक नगरी एकतर्फी निर्माण भएको नयाँ कार्यसमितिमा प्रतिनिधित्व गर्ने उम्मेदवारहरुबाट जम्मा भएको  निर्वाचन समितिले तोकेको उम्मेदवारी शुल्क समेत संस्थाको खातामा जम्मा गरिएको छैन।
संस्थालाई बलियो र चलायमान बनाउनको लागि अधिकतम सहभागीताको प्रयत्न गर्दै संस्थाको बिधी, बिधान, प्रकृया र लोकतन्त्रको मर्मलाई आत्मसात गर्दै अधिवेशन तयारी गर्नु पर्नेमा दुर्भाग्यबस  एकतर्फी र एकलौटी हिसाबले संस्थाका  गतिबिधिहरु हुँदै गएकोले संस्थालाई स्थापनाकाल देखि नै बिशेष योगदान पुर्याएका ब्यक्तिहरुलाई नजर अन्दाज र बाइपस गरिएको छ। कृयाशिल सदस्यताको नविकरण देखी निर्वाचन समितिको गठन लगायतका अधिवेशन सम्बन्धी सम्पूर्ण प्रकृयाको बारेमा पूर्व सभापतीहरु, सल्लाहकारहरु,  महासमिती सदस्यहरु, महाअधिवेशन प्रतिनिधीहरु नेदरल्याण्ड्समा बस्ने जसससँग आवद्द अधिकांश व्यक्तिहरु लगायतका ठुलो जनसमूदायहरु अनभिज्ञ रहेको अधिवेशन उपर हामीहरुको गम्भिर आपत्ति रहेको छ।
हाम्रो आपत्ति संस्थागत सुधार को लागि भएकोले कुनै व्यक्तिगत कुरामा आधारित नभएको पनि जानकारी गर्दछौं।
Please follow and like us: