नेपाली जनसंपर्क समिती डेनमार्कको पचौ महाधिबेशनबाट यादब बस्नेत सर्बसहमत

नयाँ कुरा ,आमस्त्रडम,बुधबार

आईतबार नेपाली जनसंपर्क समिती डेनमार्कको पचौ महाधिबेशनबाट यादब बस्नेत सर्बसहमत चयन भएका छन ।

नेपाली जनसंपर्क समिती डेनमार्कका सभापति बिरेन्द्र सिह्न कार्कीको सभापतिमा महाधिबेशन भएको थियो । नेपाली काङ्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउबाको प्रमुख अतिथीमा जुम मार्फत र डेनमार्कमा रहेका कृयाशिल सदस्य तथा बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उद्द्घाटन सत्रमा डेनमार्कमा रहेका बिभिन्न संघ सस्थाहरुले सामाजिक सन्जाल जुम मार्फत शुभकामना दिएका थिय । डेनमार्कको जनसंपर्क समितिले पहिलो पटक बिस्व भरिका जनसंपर्क समितिहरुको प्रशिक्षण भेला गरी ईतिहास रचेको छ ।

निर्वाचन समिति समयोजक तथा पूर्व सभापति नविन आचार्यले सर्वसम्मत रुपमा बस्नेतको नेतृत्वमा कार्यसमिति सर्बसहमत रुपमा चयन भएको जानकारी दिएका थिय ।
पाचौ महाधिबेशनले एकताको महाधिबेशन समपन्न गर्न बिशेष भद्र सहमती गरी अधिबेशन भब्य रुपमा समपन्न गरेको छ । नेपाली जनसम्पर्क समिति डेनमार्कको ४ वर्षे कार्यकाललागी हुनेछ तर पहिलो २ वर्ष यादब बस्नेत र बाँकी दुई बर्षका लागि विशेष अधिवेशन गरी बुद्धि सापकोटालाई सभापति बनाउने भद्र सहमति भएको बताइएको छ ।

नयाँ कार्यसमितीहरुको नामावाली

सभापति -यादब बस्नेत
बरिष्ठ उपसभापति- गोविन्द पौडेल, दीपेन्द्र चुडाल, बुद्धि सापकोटा, प्रकाश ढकाल र रमेश घिमिरे
उपसभापति- प्रतीक सुब्बा, श्रीधर सिलवाल, प्रदिप तिवारी र अनित घताने
महामन्त्री- कृष्ण गिरी र विजय सापकोटा
सह-महामन्त्रीहरुमा रोसन सुवेदी, प्रियङ्का तिवारी, दुर्गाप्रसाद शर्मा र हेमन्त विष्ट
प्रवक्ता- पपुलर बेल्बासे
कोषाध्यक्ष- श्याम सुवेदी
सदस्यहरु – कल्याण रायमाझी, प्रतिमा थापा अाचार्य, अनुजा ढकाल, सलिन लामा, प्रविण कार्की, सन्तोष लिम्बु, सुम्निमा राइ, सुजना केरुङ, जानुका ढकाल, ज्योति बस्याल, बिमल क्षेत्री, बृहस्पति कुँवर, सुदीस नेपाल, सोनु विष्ट, रवी किरण श्रेष्ठ र अभिषेक कंडेल

महाअधिबेशनले नेपाली कांग्रेसको १४ औ महाधिबेशनका लागि महासमिति सदस्य तीन जना यादव बस्नेत, वीरेन्द्र सिंह कार्की र त्रिलोचन सापकोटालाई चयन गरेको छ ।

भने महाधिवेशन प्रतिनिधीहरु चार जना डोलराज पौडेल (नविन), रामचन्द्र पाठक, गोविन्द पौडेल र प्रतिक सुब्बा लाई सर्बसहमत छनोट गरेको छ ।

Please follow and like us: