युरोप बाट १४ औ महाधिबेशनका लागि प्रतिनिधी काठमाण्डु जाने क्रम तिब्र

नयाँ कुरा ,आमस्त्रडम,बुधबार ,

नेपाली जनसंपर्क समितिका नेता तथा कार्यक्रता नेपाली काङ्रेसको १४ औ महाधिबेशनका लागि भाग लिन काठमाण्डु आउने क्रम बाक्लिएको छ ।

उत्साह ,एकता ,रुपान्तरण नाराका साथ नेपाली काग्रेसको १४ औ महाधिबेशन २४ मंसिर बाट सुरु हुदै छ । महाधिबेशनका लागि जनसमपर्क समितिहरुका प्रतिनिधिहरु काठमाण्डु जाने क्रम सुरु भएको छ ।

राजधानिमा सस्थापना र सस्थापना इतर दुई पक्ष बिच आ आफ्ना उम्मेदवार छानोटका लागि कोठे बैठकमा नेताहरु ब्यस्त छन । सस्थापन पक्ष बाट सभापतिमा बर्तमान सभापति तथा प्रधान मन्त्री शेर बहादुर देउबा नै पक्का भएको छ तर  सस्थापन पक्षमा पदाधिकारीका लागि नयाँ तथा पुराना नेताहरुले तछाड मछाड गरिरहेका छन भने सस्थापन इतर पक्षमा सभापती पदमै को बन्ने भन्ने कुरा मिलिरहेको छैन ।

महाधिबेशन हुन अब दुई दिन बाँकी छ । जनसंपर्क समितीहरु बाट १३ औ महाधिबेशनमा धेरै प्रतिनिधि सहभागीता थिय। नेपाल सरकारको नयाँ समबिधानले बिदेशी नागरिकता लीईसकेका नेपाली काङ्रेसका कृयाशिल सदस्य तथा पूर्व अध्यक्षहरु महाधिबेशन प्रतिनिधि बन्न धेरै बन्जित भएका छन ।

१४ औ माहाधिबेशनलाई स्वदेशी तथा बिदेशिहरुले बिशेष महत्त्वका साथ हेरिएको छन ।

साँच्चिनै युबाले नेत्रित्व पाउने छन कि पुरानै पुस्ता हाबी हुने छन अधिबेशनको परिणाम कुर्नु पर्ने छ ।

Please follow and like us: