नेपाली जनप्रगतिशील मंच नेदरल्याण्ड्सको अध्यक्षमा संघर्शशिल के सि सर्ब सहमत

नयाँ कुरा , आमस्ट्रडम,

नेपाली जनप्रगतिशील मंच नेदरल्याण्ड्सको दोश्रो राष्ट्रिय अधिवेशन  नोभेम्बर २२ सोमवारका दिन समपन्न भएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सामाजिक सन्जाल जुम माध्यमबाट सम्पन्न भएको हो । अधिवेशन बाट संघर्षशील केसीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय कमिटी सर्वसम्मतले चयन गरेको छ |

सामाजिक सन्जाल मार्फत सम्पन्न भएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्य रहेको थियो ।


अतिथिका रूपमा बिभिन्न देशका नेपाली जनप्रगतिशील मंच यूरोपका सल्लाहकारहरु क्रमस: सुरेन्द्र नेपाल श्रेष्ठ, विरमान घर्ती, कृष्ण तिवारी, सागर पोखरेल, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुषाल, नेपाली जनप्रगतिशील मंच यूरोपका पूर्व महासचिव गङ्गा भुसाल, सचिव रणबहादुर खाती, गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल, नेपाली जनप्रगतिशील मंच यूरोपका महिला संयोजक सुष्मा भुषाल, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष जीत लामा, नेपाली जनप्रगतिशील मंच अस्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा, नेपाली जनप्रगतिशील मंच साइप्रसकी अध्यक्ष रमिला राई , नेपाली जनप्रगतिशील मंच जर्मनका अध्यक्ष गोविन्द प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुवेदी लगायत सहभागी अतिथिहरुले शुभकामना दिएका थिए ।

Please follow and like us: