एनआरएन नेदरल्याण्डसले बडा दशै,दिपावाली शुभकामना तथा सास्कृतिक कार्यक्रम सम्पन्न

नयाँ कुरा , बुधवार आम्स्त्रडम,
एन आर एन ए नेदरल्यान्डसले बिजया दशमि ,शुभदिपावालि तथा सास्कृतिक कार्यक्रम सोमबार आमस्ट्रडममा सम्पन्न भएको छ।

गैर आवासिय नेपालि संघ आई सि सि सदस्य मनोहरि शर्माको प्रमुख अतिथि ,एन आर एन ए नेदर्ल्यान्डसका बरीस्ठ उपाध्यक्ष कार्यबाहक अध्यक्ष बिष्णु पोखरेलको सभापतित्वमा ,नेदरल्यान्डसमा रहेका नेपालि राजनितिक दलका भातृ सङगठन ब्यबसायि ,जातिय ,क्षेत्रिय संघ सस्था कालाकार विद्यार्थी तथा नेदरल्यान्द्समा बसोवास गर्नु हुने बिभिन्न क्षेत्र बाट बाक्लो उपस्थिति रहेको थियो ।

नेपालि कला र सस्कृतिको जगेर्ना तथा बिदेशमा जन्मियका बालबालिकाहरुलाई बिजया दशमि तथा शुभदिपावालिका संगितमय नृत्य स्थानिय कलाकार इनास तथा राष्ट्रिय कलाकार सन्जिब प्रधान र सरिस्मा अमात्य को बिसेष प्रस्तुति रहेको थियो। बिदेशि पाहुना तथा बिसेश गरि नेपालि मुलका बिदेशमा जन्मियका १४ देखि १८ बर्ष सम्मका बालबालिकाहरुको बाक्लो उपस्थिती रहेको थियो।

उपाध्यक्ष खेम सापकोटाले स्वागत मन्तब्य ,सचिब पेमा लामा र उपाध्य्क्षय सिता सापकोटाले सम्युक्त रुपमा कार्यक्रम सन्चालन गर्नु भएको थियो।

बिजया दशमि ,शुभदिपावालि तथा सास्कृतिक कार्यक्रममा आर्थिक सामाजिक तथा उपस्थित भई कार्यक्रम पुर्ण सफलतापुर्बक सम्पन्न गर्न उपस्थित ब्यबसायि संघ सस्था कालाकार बिध्यार्थि पत्रकार तथा माहानुभाबहरुलाई एन आर एन ए नेदरल्यान्डसका  उपाध्यक्ष बिजया दशमी शुभ दिपावाली तथा सास्कृतिक कार्यक्रम सम्योजक अमीर गुरुङले हार्दिक आभार गर्नु भएको छ ।

Please follow and like us: