एनआरएन नेदरल्याण्डसले दिपावाली शुभकामना तथा सास्कृतिक कार्यक्रम गर्ने

नयाँ कुरा आमस्त्रडम ,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसले बडा दसैं तथा शुभ दिपावालीको अवसर पारेर नोभेम्बर १ तारिख सोमबारका दिन शुभकामना आदानप्रदान गर्ने भएको छ |

विजया दशमी, शुभदिपावली साथै छठ पर्व, नेपाल सम्बत ११४२, ल्होसार, चासोक, साकेला लगायतका पर्वहरुको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको संघका कार्यवाहक अध्यक्ष बिष्णु पोखरेलले जानकारी गराएका छ्न |

https://www.facebook.com/messenger_media?thread_id=100001420583356&attachment_id=4813534528658038&message_id=mid.%24cAABa80QPIgyC4sgD318sYK4tjldo

नेपालका ख्यातिप्राप्त कलाकारहरु संजिव प्रधान र सरिश्मा अमात्यलाई सहभागी गराएर गर्न लागिएको उक्त सांकृतिक तथा मनोरन्जनात्मक कार्यक्रममा मुख्य सहभागी संस्था ईनासका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने र बिगत भन्दा भिन्न किसिमको कार्यक्रम गरिएको हुँदा भरपुर मनोरंजन लिनसकिने हुनाले नेदरल्याण्डसमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुलाई निमन्त्रणा गरिसकिएको कार्यवाहक अध्यक्ष बिष्णु पोखरेलले जनाएका छन् |

पोखरेलका अनुसार कार्यसमितिको बैठकले कार्यक्रम भब्य र सभ्य बनाउन विभिन्न समितिहरु गठन गरि जिम्मेवारी दिइएको छ |

कार्यक्रम संयोजकमा अमिर गुरुङ, कार्यक्रम स्थल ( हल ) र खानपिन व्यवस्थापनका लागि खेमलाल सापकोटा, सांस्कृतिक संयोजक तथा अतिथि सत्कारमा सिता सापकोटा, चन्दना खड्का, आर्थिक संकलन समितिमा शुशिला बानियाँ रोक्का,अतिथि निमन्त्रणामा बिष्णु पोख्रेल र पेमा लामा, प्रचारप्रसारमा मिडिया पार्टनर नेपाल हल्याण्ड डटकम, नयाँकुरा डटकम, मोजगर डटकम, लगायत अरुण घिमिरे, संजय श्रेष्ठ, सुवास पराजुलीलाई जिम्मेवारी दिइएको संघका सचिव पेमा लामाले नेपाल हल्याण्ड डटकम लाई जानकारी गराएका छन् |

कार्यक्रमलाई नेदरल्याण्डस् का विभिन्न संघसंथाहरुले सहकार्य गर्ने भएका छन् | संघसंथाहरुमा ईनास (INAS)नेदरल्याण्डस्, जनसम्पर्क समिति नेदरल्याण्डस्, प्रवासी नेपाली मंच नेदरल्याण्डस्, प्रवासी नेपाली एकता समाज नेदरल्याण्डस्, पूर्वेली समाज नेदरल्याण्डस्, मोना समाज नेदरल्याण्डस्, पर्वत समाज नेदरल्याण्डस्, तामांग समाज नेदरल्याण्डस्, नेपाली भाषी इन्जिनियरिंग नेदरल्याण्डस्, गुरुङ समाज नेदरल्याण्डस्, मगर समाज नेदरल्याण्डस्, नेपाली जन प्रगतिशील मंच नेदरल्याण्डस् रहेका छन् |

कार्यक्रम De KONING PARTY & EVENTS, ISOLATORWEG 29,1014 AS, ANSTERDAM मा नोभेम्बर १ तारिख सोमबारका दिन बेलुका ५ बजे देखि ११ बजे सम्म हुने र प्रवेश शुल्क १५ युरो प्रतिब्याक्ति राखिएको साथै १२ बर्ष सम्मका बालबालिकाहरुलाई भने नि:शुल्क प्रवेश दिइने संघले जनाएको छ |

Please follow and like us: