झलक के सि पर्बत समाज नेदरल्यान्डसको अध्यक्ष्मा निर्वाचित

नयाँ कुरा आमस्त्रडम ,

पर्वत समाज नेदरल्याण्डको दोश्रो अधिवेशन सर्बसहमती रुपमा झलक के सि को अध्यक्षतामा कार्यसमिती घोषणा भएको छ । नेदरल्यान्डसमा रहेका विभिन्न संघ संथाका प्रतिनिधिहरु समेतको अतिथ्यमा अधिवेशनमा समपन्न भएको थियो।

संघका अध्यक्ष नर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार प्रेम काजि गुरुंगको प्रमुख आतिथ्यतामा भएको थियो | दोश्रो अधिवेशनले २ वर्षका लागि ( २०२१-२३)नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा झलक बिक्रम जिसी, बरिस्ठ उपाध्यक्षमा फडिन्द्र बहादुर क्षेत्री, उपाध्यक्षमा झलक श्रेष्ठ, महासचिवमा चन्द्र खत्री, कोषाध्यक्षमा संग्राम गुरुङ, सह-कोषाध्यक्षमा कृष्ण रोक्का , सचिवमा बिकाश पोख्रेल, र सदस्यहरुमा श्याम आचार्य, चेत गुरुंग रहेका छन् ।

पर्वत समाजले स्थापनाकाल देखी पर्बतमा आपतकालिन बाढी पहिरो तथा शिक्षा स्वास्थ्यमा आर्थिक सहयोग गर्दै आईरहेको छ । पर्बतको हरेक दु:ख सुखमा आर्थिक नैतीक मानबिय सहयोग समयनुसार परिमार्जन गर्दै समय सापेक्षनुसार अगाडी बढने निर्वाचित के सि ले हाम्रा समबाददाता सँगको कुराकानीमा बताउनु भएको छ ।

Please follow and like us: