नेदरल्यान्डसमा तिज कार्यक्रम भब्य रुपमा समपन्न

 

नयाँ कुरा,आमस्त्रडम,

गैर आवासीय नेपाली संघ नेदरल्याण्डसले आयोजना गरेको हिन्दु महिलाहरुको चाड हरितालिका तीज बिशेष रुपमा सम्पन्न भयो ।

कार्यक्रममा नेदरल्यान्दसका विभिन्न शहरहरु बाट तीज मनाउन नेपाली तथा बिदेशी , दिदी बहिनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
गैर आवासिय नेपाली संघले कला सस्कृति र धर्म संस्कारलाई जगेर्ना गर्ने मूल उदेस्यका साथ हरेक वर्ष तीज कार्यक्रम मनाउने गरेको छ। दुई वर्ष देखी कोरोना महामारीले गर्दा कुनै सास्कृतिक कार्यक्रम नभएको हुदा तिज कार्यक्रम बिशेष हष उल्लासका साथ् मनाएको छ ।

May be an image of 6 people, including Rekha Ghimire, Sushila Baniya Roka and Seeta Sapkota and people standing
कार्यक्रम प्रमुख अतिथि गैर आवासीय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय परिषदको युवा संयोजक हिमाल गुरुङ , बिशिस्ट अतिथि गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले दिप प्रजवलन गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो।

No description available.

गैर आवासीय नेपाली संघकी महिला उपाध्यक्ष सीता सापकोटाले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षज्युहरु , ICC सदस्यज्युहरु ,सल्लाकारज्युहरु र विभिन्न सामाजिक , राजनैतिक तथा जातीय संस्थाहरुका अध्यक्ष , प्रतीनिधिहरु ,पत्रकार ,ब्यबसायीहरुको बाक्लो उपस्थीति रहेको थियो।

No description available.
सास्कृतिक कार्यक्रम लाई थप मनोरन्जन गराउन  महिला फोरम र  INAS Netherlands ले बिशेष सांगीतिक प्रस्तुतिहरुले छुट्टै मनोरन्जन बनएको थियो ।

No description available.

संघले कार्यक्रमलाई भौतिक , नैतिक तथा आर्थिक सहयोग गरि कार्यक्रम भब्य र सब्य रुपले सफल गर्न सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ -दिदीबहिनी, स्वयंसेवक साथीहरु तथा सम्पूर्ण ब्यबसायिक महानुभाबहरुलाई सहयोग र समर्थनको लागि अध्यक्ष मिम पुर्जाले धन्यबाद आभार ब्यक्त गर्दै औपचारिक कार्यक्रम छोटो गरी सास्कृतिक कार्यक्रम लामो समय सम्म गरिएको थियो ।

May be an image of 4 people, including Radha Sharma and Barsha Khadka and people standing

औपचारिक कार्यक्रम छोटो भएता पनि तीज सांगीतिक कार्यक्रम भने बेलुका ११ बजे सम्म धुम धामका साथ मनाएको थियो ।

May be an image of 13 people, including Radha Sharma and Shanti Thokar, people standing and outdoors

यसरि नै गैर आवासीय नेपाली संघले बेला बखत नेपाली संस्कार र सस्कृतिको प्रबर्धन गर्न भिभिन्न कार्यक्रमहरु आयोजना गर्ने र नेदरल्याण्डसमा बसोबास गर्ने नेपाली समुदायका युबाहरुलाई पनि संलग्न गराउदै नेपाली मौलिक संस्कार तथा संस्कृतिमा रमाउन सिकाउने गैर आवासीय नेपाली संघमा पहिलो पटक जोडीन पाउदा निर्वाचित सचिब पेमा लामालाई आगामी दिनहरुमा थप काम गर्न उर्जा मिलेको हाम्रा समबाददाता सँगको कुराकानीमा बताउनु भएको छ ।

May be an image of 5 people, including Shanti Thokar and Rekha Ghimire and people standing

Please follow and like us: