नेपाली जनसंपर्क समितिहरुलाई काग्रेसले कृयाशिल सदस्यता बितरण दुई हप्ता थप्यो

नयाँ कुरा ,बिहीवार, आमस्त्रडम,

नेपालि जनसम्पर्क समितिहरुका लागि  नेपाली काँग्रेसको कृयाशिल सदस्यता नविकरण तथा बितरण पछील्लो सुचना अनुसार दुई हप्तालाई थपिएको छ ।

नेपाली काँग्रेसको पछिल्लो परिपत्र अनुसार नेपाली काँग्रेसले वितरण गर्ने कृयाशिल सदस्यताको अन्तिम मिति ७ सेप्टेम्बर २०२१ अर्थात २२ भाद्र सम्म तोकेको थियो । पछील्लो सुचना अनुसार दुई हप्तालाई थपिएको छ ।

नेपाली काँग्रेसको कृयाशिल सदस्यता नविकरण तथा नयाँ आवेदन गर्नको लागि नेदरल्याण्ड्स स्थित सवै नेपाली काँग्रेसमा आस्थावान काँग्रेसजनहरुलाई नेपाली जनसंपर्क समिती नेदरल्यान्डासले सार्वजनिक सुचना प्रकाशित गरेको छ ।

No photo description available.

नेपाली काग्रेसले जारी गरेको फारमको रित पुर्याई सदस्यता नबिकरण तथा बितरण समिती लाई बुझाउन सकिने भनिएको छ । फारम भरेर नेपाली जनसंपर्क समितिको इमेल ठेगाना वा तल उल्लेखित व्यक्तिहरुलाई संपर्क गरेर फारम बुझाउन सकिने समितिको सुचनामा जनाईएको छ ।

 

नविकरणको लागि १५ युरो र नयाँ आवेदनको लागि २५ युरो शुल्क लाग्ने बताईएको छ । शुल्क नेपाली जनसंपर्क समितिको खाता NL28INGB0006465924 वा संपर्क व्यक्तिहरुलाई बुझाउन सकिने छ ।

संपर्क व्यक्तिहरु,
१. बेद राम कंडेल
२. प्रेम जंग गुरुग
३. विष्णु पोखरेल
४. किरण अर्याल
५. राजेन्द्र शर्मा
६. तेजेन्द्र केसी
७. शालिक गौतम

Please follow and like us: