युवा  संयोजक गुरुङको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा

नयाँ कुरा ,बिहीवार, आमस्त्रडम-

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको बर्ष २०२१-२३ कार्यकालका लागि समाजसेवी तथा युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडानम्बर २७ को रिठ्ठेपानीमा स्थाई बसोबास भएका गुरुङ बिगत लामो समयदेखि नेदरल्यान्ड्समा परिवार सहित बसोबास गर्दै आइरहेका छन् | समाजसेवी तथा एक सफल ब्यबशायी गुरुङ एनआरएनए नेदरल्यान्ड्सका पुर्व अध्यक्ष समेत रहेर सक्षम नेतृत्व निर्वाह गरिसकेका छन् |

May be an image of Himal Gurung and text that says "NRNA NRNA Nupatt YOUTH VICE PRESIDENT VOTE HIMAL GURUNG NRNA ICC 2021-2023"

त्यसैगरी बर्ष २०१७-१९ को कार्यकालमा एनआरएनए आइसीसी सदस्यको जिम्मेवारी लिईसकेका गुरुङ बर्तमान बर्ष २०१९-२१ को कार्यकालको केन्द्रीय युवा संयोजकको पदीय जिम्मेवारी समेत सफलतापुर्वक सम्पन्न गर्दै अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रिय छबी बनाउन सफल भएका छन् |

लामो समयदेखि सामाजिक सेवामा समर्पित हिमाल एनआरएनएको अभियानमा निरन्तर विभिन्न समितिमा रहेर पदीय दाईत्व निर्वाह गरिसकेकाले युवा पुस्ताको सामाजिक अभियानमा सहभागिता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् | तथापि उनले अझै केहीगर्ने र पुरा हुन बाँकी रहेका कामहरु पुरा गर्न युवा समितिको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् |

Please follow and like us: