शशी पौडेयाल काङ्रेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान नेदरल्यान्डसको विज्ञमा नियुक्ती

नयाँ कुरा ,शुक्रबार ,आमस्त्रडम,

नेदरल्यन्डसबासी शशी पौडेयाल लाई नेपाली काङ्रेस पार्टी केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत प्रवासमा बस्ने नेपालीको हीत र संरक्षण बिषयगत समितिको विज्ञका रुपमा नियुक्ती गरेको छ ।

नेदर्ल्याण्डलाई कर्मथलो बनाइ बिगत लामो समय देखि बिभिन्न संस्थाहरुको नेत्रित्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका नीति तथा व्याबस्थापन विज्ञ साथै नेपाली काङ्रेसका महाधिवेशन प्रतिनिधि श्री शशि कान्त पौड्याललाई नेपाली काङ्रेस पार्टी केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत प्रवासमा बस्ने नेपालीको हीत र संरक्षण बिषयगत समितिको विज्ञमा नियुक्ती गरेको छ ।

नियुक्ती पत्र प्राप्त गर्दै पौड्यालले नेपाली काङ्रेस पार्टी, पार्टी सभापति र विभाग प्रमुख प्रति हार्दिक आभार व्याक्त गरेका छन । प्रवासमा रहदा नेपाली जनसमपर्क समिती लगायत बिभिन्न संघसस्थाहरुमा रहेर गैरआवासिय नेपालीहरुको हक, हीत र संरक्षणमा गरेको योगदान, अनुभव र नितिगत विज्ञतालाई कदर गर्दै नेपाली काङ्रेस पार्टीले प्रदान गरेको जिम्मेवारि पूर्ण कटिबद्धताका साथ बहन गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन ।

पार्टीको निर्देशन अनुसार युरोप अवस्थित नेपाली जनसंपर्क समितिहरु सँग सहकार्य गर्दै जनसंपर्क समितिहरुको बस्तुस्थिती, चुनौती र समाधानका लागि सुझावहरुको बारेमा अनुसन्धान गरि पार्टीलाई प्रतिबेदन उपलब्ध गराउने भन्ने भएको हुँदा समस्त जनसंपर्क समितिहरुलाई सहकार्य गर्नका लागि निजको सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

 

 

विज्ञ नियुक्ती पत्र जस्ताको त्यस्तै

May be an image of tree and text

 

पौड्याल गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डको सस्थापक अध्यक्ष साथै नेपाल बिकास प्रतिष्ठानको अध्यक्ष र नेपाली जनसंपर्क समितीको सस्थापक सदस्य पनि हुनुहुन्छ ।

Please follow and like us: