एन आर एन ए नेदरल्यान्डसले हरितालिका तिज मनाउने

नयाँ कुरा, शनिबार ,आमस्त्रडम,

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा गैर आबासीय नेपाली संघ(एनआरएनए) नेदरल्यान्ड्स द्वारा मिति ४ सेप्टेम्बर २०२१ का दिन आमस्त्रडम स्थित Isloterweg 28, 1014AS ,Amsterdam मा बिबिध मनोरन्जनात्मक कार्यक्रम,नाचगान,दर खुवाउने कार्यक्रम सहित “तिज बिशेष कार्यक्रम” आयोजना गर्ने भएको छ्।

विश्वब्यापी कोरोना महामारीले पछील्लो दुई बर्ष कुनैपनी साँस्कृतिक कार्यक्रम नभएको र् बिदेशमा बस्ने महिला दिदीबहिनीले हरितालिका तिजलाई बिशेष महत्वका साथ एक आपसमा नाचगान गरी मनाउने हुँदा यसपटक एनआरएन नेदरल्यान्ड्स ले आयोजना गर्न लागेको तिज बिशेष कार्यक्रम बाट नेदरल्यान्ड्स मा बसोबास गर्ने महिला दिदी बहिनिहरु उत्साहित बनेका छन ।कार्यक्रमको तयारी तिब्रताको साथ भैरहेको र् कार्यक्रम लाई सफल बनाउन सम्पूर्ण कार्यसमिती एकसाथ लागिपरेको एनआरएन नेदरल्यान्ड्सका अध्यक्ष मिम पुर्जाले जानकारी दिएका छन ।

एनआरएनए महिला संयोजक चन्दना खड्काको संयोजकत्वमा मा हुन लागेको तिज बिशेष कार्यक्रम लाई अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले सहकार्य गरेको छ भने नेदरल्यान्ड्स स्थित सबै संघ संस्था हरुको संलग्नता रहेको छ।उक्त कार्यक्रममा ईनास नेदरल्यान्ड्सले बिशेष साँस्कृतिक कार्यक्रम र् महिलाहरुको लागि बिशेष नाचगान प्रतियोगिताको आयोजना समेत गर्ने भएको छ।

धार्मिक र सास्कृतिक महत्व बोकेको यस चाड मनाउने क्रमलाई निरन्तरता दिदै नेपाली दिदी बहिनी हरुलाइ भरपुर मनोरन्जन दिने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा खानपिनका(दर खान ) साथै नाच्न,गाउन,रमाउन सम्पुर्ण नेदरल्यान्ड्स बासी नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान: Isloterweg 28, 1014AS, Amsterdam
समय: दिउसो १ बाट बेलुकी २३ बजे सम्म
मिती: ४ सेप्टेम्बर २०२१ शनिबार
सम्पर्क ब्याक्तिहरु
चन्दना खड्का -०६८५५०४११५
सिता सापकोटा -०६३८३९१८८०
सुशिला बानिया -०६४०४१६२१३
रेखा घिमिरे -०६८५७७९४८५
रुबी कर्ण -०६४०६५५१५८

Please follow and like us: